• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

गण्डकी प्रदेशमा नौ महिनामा दुई हजार ३११ जनामा डेङ्गु सङ्क्रमण

  •  नेपाल चौतारी
  • २०८३ भाद्र ३१, बुधबार १३:४६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    गण्डकी – गण्डकी प्रदेशका १० जिल्लामा गत पुस–माघदेखि हालसम्म दुई हजार ३११ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । मनाङमा भने यस वर्ष अहिलेसम्म डेङ्गु सङ्क्रमण देखिएको छैन ।

    प्रादेशिक रोग नियन्त्रण केन्द्रका निर्देशक मनमोहन मिश्रका अनुसार गत जुलाईपछि प्रदेशमा डेङ्गु सङ्क्रमणको दर बढेको हो । गत जेठ र असारमा ४१५ जनामा सङ्क्रमण पुष्टि भएकामा साउनमा यो सङ्ख्या बढेर एक हजार २४७ पुगेको थियो । भदौ लागेयता थप ३८२ जनामा सङ्क्रमण देखिएको छ ।

    सेप्टेम्बर ७ देखि १३ सम्मको एक सातामै प्रदेशमा २२८ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको निर्देशक मिश्रले जानकारी दिनुभयो । उक्त अवधिमा सबैभन्दा धेरै बागलुङमा १७० जनामा सङ्क्रमण देखिएको छ । त्यस्तै, कास्कीमा २०, पर्वतमा १६, म्याग्दीमा सात, गोरखामा छ, स्याङ्जामा चार, तनहुँमा तीन र लमजुङमा दुई जनामा सङ्क्रमण पुष्टि भएको छ ।

    मिश्रका अनुसार अब विस्तारै डेङ्गु सङ्क्रमण घट्दै जाने सम्भावना भए पनि जोखिम भने कायमै छ । उहाँले डेङ्गु सार्ने लामखुट्टेको बासस्थान पहिचान गरी नष्ट गर्ने अभियानलाई तीव्रता दिनुपर्ने बताउनुभयो ।

    प्रदेशभर बागलुङ नगरपालिका डेङ्गुबाट बढी प्रभावित देखिएको छ । पछिल्लो एक सातामा सङ्क्रमित भएका २२८ जनामध्ये ५७ जना बागलुङ नगरपालिकाका छन् । बागलुङपछि पोखरा महानगरपालिकालगायतका स्थानीय तहमा सङ्क्रमण बढी देखिएको केन्द्रले जनाएको छ ।

    प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रवीण शर्माले डेङ्गु नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको बताउनुभयो । समयमै नियन्त्रण तथा रोकथाम गर्न नसके डेङ्गुले प्रकोपको रूप लिन सक्ने भएकाले लामखुट्टेको बासस्थान नष्ट गर्ने अभियानलाई प्रभावकारी बनाउनुपर्ने उहाँको भनाइ छ ।

    कास्कीलगायत प्रदेशका अन्य जिल्लामा पनि डेङ्गु फैलाउने लामखुट्टेको बासस्थान नष्ट गर्न अभियान सञ्चालन भइरहेको छ । प्रमुख शर्माले डेङ्गु नियन्त्रण तथा रोकथाममा प्रत्येक व्यक्ति र परिवार जिम्मेवार हुनुपर्ने बताउनुभयो ।

    डेङ्गु सार्ने ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टे सफा पानी जमेको स्थानमा बस्ने भएकाले घर, कार्यालय तथा सार्वजनिकस्थलमा पानी जम्न दिन नहुने चिकित्सकको सुझाव छ । खाल्डाखुल्डी, पुराना टायर, भाँडाकुँडा, ड्रमलगायतमा जम्मा हुने सफा पानीमा लामखुट्टेले बासस्थान बनाउने भएकाले त्यस्ता स्थानको पानी हटाउनुपर्ने बताइएको छ ।

    डेङ्गुबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिनुका साथै यसको बासस्थान नष्ट गर्नु प्रभावकारी उपाय भएको चिकित्सकहरू बताउँछन् । सङ्क्रमणपछि लगातार बान्ता हुने, नाकबाट रगत आउने, कालो दिसा हुने तथा अत्यधिक थकानजस्ता लक्षण देखिए अस्पतालमा विशेष निगरानीमा उपचार गराउनुपर्ने सुझाव दिइएको छ ।

    केन्द्रका निर्देशक मिश्रका अनुसार गण्डकी प्रदेशमा असारदेखि कात्तिकसम्म डेङ्गु सङ्क्रमण बढी फैलिने गरेको छ । डेङ्गु सार्ने ‘एडिस एजिप्टाई’ लामखुट्टेले सफा पानीमा फुल पार्ने र प्रायः दिनको समयमा टोक्ने गर्दछ ।

    Post Views: 37
    प्रकाशित मिति: २०८३ भाद्र ३१, बुधबार १३:४६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. बाढीको त्रासबिच आशाको उडान भर्ने क्याप्टेन प्रिया अधिकारी

    • ५. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.