अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीको सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा सिफारिस परेका पत्रकार जगदीश खरेलले आफू कार्यरत रहेको मेज टेलिभिजनबाट बिदा लिएका छन् ।
मन्त्रीको पद तथा गोपनीयताको शपथमा सहभागी हुनुअघि सोमबार टेलिभिजन पुगेर उनले बिदा लिएका हुन् । उनी इमेज टेलिभिजनका समाचार प्रमुख रहेका थिए ।
अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले उनलाई मन्त्रीमा नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेकी थिइन् ।






