• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

इरानको आणविक हतियार बनाउने कुनै मनसाय छैन् : इरानी राष्ट्रपति

  •  नेपाल चौतारी
  • २०८२ आश्विन ९, बिहीबार ०८:५७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    इरानका राष्ट्रपति मसूद पेजेशकियनले इरानको आणविक हतियार बनाउने कुनै मनसाय नरहेको बताएका छन् । संयुक्त राष्ट्रसंघ महासभामा उनले भने, “म यो महासभासामु इरानले कहिल्यै पनि आणविक बम बनाउने प्रयास गरेको छैन, न त कहिल्यै गर्नेछ भनेर फेरि एकपटक घोषणा गर्दछु । हामीलाई आणविक हतियार चाहिँदैन ।”

    यद्यपि, पेजेशकियनले आफ्नो सम्बोधनमा यी देशहरू वर्षौंदेखि खराब नियतले काम गरिरहेको बताए । राष्ट्रसंघ महासभामा बोल्दै मसूद पेजेशकियनले इजरायल र अमेरिकाका हालैका हमलाहरूको तीव्र आलोचना गरे । उनले यस प्रकारका हमलाहरूले अन्तर्राष्ट्रिय विश्वास र क्षेत्रमा शान्तिको सम्भावनालाई गहिरो क्षति पुर्‍याएको बताए ।

    पश्चिमी देशहरू आणविक महत्वाकांक्षालाई लिएर चाँडै नै इरानमाथि नयाँ अन्तर्राष्ट्रिय प्रतिबन्धहरू लगाउने तयारीमा रहेका बेला इरानी राष्ट्रपतिले विश्वभरका नेताहरूका सामु यस्तो बताएका हुन् । यसअघि, अगस्ट २८ मा बेलायत, फ्रान्स र जर्मनीले इरानमाथि संयुक्त राष्ट्रसंघको प्रतिबन्धहरू पुनः लागु गर्नका लागि ३० दिने प्रक्रिया सुरु गरेका थिए, जुन सेप्टेम्बर २७ मा समाप्त हुँदै छ ।

    यसै वर्ष जुनमा १२ दिन भएको इजरायल–इरान युद्धपछि पहिलो पटक पेजेशकियनले कुनै विश्वव्यापी मञ्चमा आफ्नो कुरा राखेका हुन् । उक्त युद्धमा इरानका धेरै शीर्ष सैन्य अधिकारीहरूको मृत्यु भएको थियो ।

    Post Views: 32
    प्रकाशित मिति: २०८२ आश्विन ९, बिहीबार ०८:५७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सरकारले सार्वजनिक गर्‍यो राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा (पूर्ण पाठ)
    अमेरिकी सैनिकलाई कारबाही गर्न राष्ट्रसंघलाई इरानको आग्रह
    अमेरिका र इरानबीच फेरि वार्ताको प्रयास
    Advertisement
    ताजा अपडेट
    • १. हाइस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

    • २. सरकारले आयोजना सम्पन्न नभएसम्म कर्मचारी सरुवा नगर्ने

    • ३. आजदेखि रात्रिकालीन बससेवा सञ्चालन

    • ४. कांग्रेसमा कारबाहीको तयारी : गगनको संकेत, पूर्णबहादुरको प्रतिवाद

    • ५. एक दशकमा ३० हजार मेगावाट विद्युत् जडित क्षमता पुर्‍याउने लक्ष्य

    चर्चित
    • १. सम्पत्ति शुद्धीकरणबारे देउवाले भने, ‘मेरो जीवन खुल्ला किताब जस्तै हो

    • २. प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कुन मन्त्रीको सम्पत्ति कति ?

    • ३. निजी विद्यालयमा १० प्रतिशत छात्रवृत्ति अनिवार्य, कार्यान्वयन नगरे कारबाही गर्न मन्त्रालयको निर्देशन

    • ४. संसदिय दलकाे नेता कि वरिष्ठ वा सबैभन्दा युवालाई छानौ – अर्जुननरसिंह केसी

    • ५. अमेरिका र इरानबीच फेरि वार्ताको प्रयास

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.