• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

प्रसिद्ध हलिउड अभिनेत्री डायन किटनको ७९ वर्षको उमेरमा निधन

  •  नेपाल चौतारी
  • २०८२ आश्विन २७, सोमबार ०५:४७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    प्रसिद्ध हलिउड अभिनेत्री डायन किटनको ७९ वर्षको उमेरमा निधन भएको छ । किटन एनी हल, द गडफादर र फादर अफ द ब्राइडलगायत चलचित्रका लागि परिचित थिइन । अनौठो शैली, जीवन्त व्यक्तित्व र अभिनयको गहिराइले उनलाई आफ्नो पुस्ताको सबैभन्दा विशिष्ट अभिनेत्रीमध्ये एक बनाएको थियो । किटनको निधनले हलिउड र विश्वभरका फिल्म प्रेमीहरूलाई ठूलो धक्का लागेको छ ।

    डायन किटनको जन्म १९४६ को जनवरीमा लस एञ्जलसमा भएको थियो । उनको वास्तविक नाम डायन हल थियो । उनको परिवार फिल्म उद्योगसँग जोडिएको थिएन । किटनलाई थिएटर र गायनतिर रुचि थियो । उनले न्यूयोर्कमा सानफोर्ड मेइसनरबाट अभिनयको अध्ययन गर्नुभयो, जसले उनलाई मानव व्यवहारको जटिलता अन्वेषण गर्ने स्वतन्त्रता दियो ।

    किटनले १९६८ मा ब्रोडवेमा ‘हेयर’ र ‘प्ले इट अगेन, साम’मा अभिनय गरेकी थिइन् । यसका लागि उनी टोनी अवार्डको लागि मनोनीत भइन् । किनटले १९७० को ‘लभर्स एण्ड अदर स्ट्रेंजर्स’बाट फिल्म उद्योगमा डेब्यू गरेकी थिइन् । तर, उनलाई फ्रान्सिस फोर्ड कोपोलाको ‘द गडफादर’ले चर्चा दिलायो । यसलाई अहिलेसम्मकै सबैभन्दा प्रिय फिल्ममध्ये एक मानिन्छ ।

    किटनले १९७० को दशकमा ‘स्लिपर’, ‘लभ एण्ड डेथ’, ‘इन्टेरियर्स’, ‘म्यानहट्टन,’ ‘म्यानहट्टन मर्डर मिस्ट्री’, ‘प्ले इट अगेन, साम’लगायत वुडी एलेनका कयौं फिल्ममा अभिनय गरिन् । यद्यपि, उनको सबैभन्दा स्मरणीय भूमिका ‘एनी हल’मा थियो । यसमा उनको विचित्र र आत्म–मग्न शैली दर्शकहरूले सधैं सम्झनेछन् । किटनले आफ्नो करियरमा चार ओस्कर नामांकन प्राप्त गर्नुभयो भने ‘एनी हल’को लागि पहिलो ओस्कर जितेकी थिइन् ।

    Post Views: 72
    प्रकाशित मिति: २०८२ आश्विन २७, सोमबार ०५:४७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    राष्ट्रपतिले चैत २७ गते दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गर्ने
    सरकारले बढायो गाडी भाडा
    इन्धन आयात लाग्ने कर तथा अप्रत्यक्ष शुल्कलाई स्थायी रुपले नै घटाउन कांग्रेस सांसद थापाको आग्रह
    Advertisement
    ताजा अपडेट
    • १. राष्ट्रपतिले चैत २७ गते दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गर्ने

    • २. अब प्रहरी कार्यालय धाउन नपर्ने, उजुरीको प्रगति फोन र एसएमएसमार्फत जानकारी

    • ३. ‘मित्र राष्ट्रहरूसँगको सम्बन्धलाई अझ सुदृढ बनाउन सरकार उत्सुक’ : प्रधानमन्त्री शाह

    • ४. आज देशलाई सबैभन्दा बढी आवश्यक छ—सम्झौता र मेलमिलाप

    • ५. उपसभामुखको निर्वाचन चैत २७ गते हुने

    चर्चित
    • १. निजी मिडियामा विज्ञापन रोक्ने सरकारी निर्णयविरुद्ध प्रेस युनियनले देशव्यापी कार्यक्रम गर्ने

    • २. इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी- ‘परिणाम राम्रो हुनेछैन’

    • ३. पूर्वमन्त्री खड्का थप सात दिन हिरासतमा रहने

    • ४. नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा नेपालको उमेदवारी

    • ५. इरान परमाणु हतियार बनाउने लक्ष्य नजिक थियो, ध्वस्त भयो : अमेरिकी राष्ट्रपति ट्रम्प

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.