• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

तिहारमा दिदिबहिनीले दिने ओखरले दाजुभाईको स्वास्थ्यमा यस्ता फाइदा हुन्छन्

  •  नेपाल चौतारी
  • २०८२ कार्तिक २, आईतवार ०६:५९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    ओखर तिहारमा चर्चा हुने खानेकुरा हो । तिहारमा दिदिबहिनीहरूले भाइ मसलाका रुपमा ओखर दिने गर्दछन् । जसका कारणले तिहारमा ओखरको चर्चा हुने गर्दछ । एक प्रकारको ड्राइ फ्रुट हो जसमा ओमेगा थ्री हुन्छ । धेरैजसो मानिस यसको सेवन स्न्याक्सको रुपमा गर्छन् । ओखरमा एन्टिअक्सिडेन्ट गुण पाइन्छन् । ओखर खानु पुरुषका लागि निकै लाभदायक हुन्छ । पुरुषमा स्पर्म काउन्ट बढ्नेदेखि तालुपनाको समस्या कम गर्न ओखर निकै सहयोगी हुन्छ । ओखरलाई तपाईं विभिन्न तरिकाले आफ्नो खानामा समावेश गर्न सक्नुहुन्छ । यद्यपि, विशेषज्ञका अनुसार ओखरको एउटा निश्चित मात्रा मात्रै सेवन गर्नुपर्छ नभए पेटमा समस्या हुनसक्छ । यसमा पुरुषका लागि ओखर खानुका फाइदा र यो खाने सही तरिकाबारे कुरा उल्लेख गरिनेछ ।

    ओखरमा पाइने पोषक तत्व

    ओखरमा पाइने पोषक तत्वको कुरा गर्ने हो भने यसमा प्रोटिन, कार्ब्स, फाइबर, फ्याट, फोलिक एसिड पाइन्छन् । ओखरमा फस्फोरस पनि निकै राम्रो मात्रामा पाइन्छन् । ओखरमा बीसिक्स भिटामिन पाइन्छन्, यसले प्रतिरोधी क्षमता बढ्छ र तपाईं रक्तअल्पत्ताबाट बच्न सक्नुहुन्छ । ओखरमा म्याग्नेसियम पनि पाइन्छ र यसबाहेक भिटामिन ई पनि निकै राम्रो मात्रामा हुन्छ । यसले पुरुषमा तालुपनको लक्षणबाट जोगाउन सक्छ ।

    पुरुषलाई ओखरबाट पुग्ने फाइदा

    ओखरको सेवन गर्दा पुरुषमा शारीरिक कमजोरी टाढा रहन्छ ।
    तालुपनाको उपचारको रुपमा ओखरको सेवन गर्न सकिन्छ । यसको सेवनले कपाल पनि राम्रोसँग बढ्ने गर्छ ।
    पुरुषमा शुक्रकिटको क्वालिटी राम्रो गर्नका लागि पनि ओखरको सेवन फाइदाजनक हुन्छ ।
    ओखरको सेवन गर्दा शुक्रकिटको संख्या बढ्छ । जुन पुरुषलाई बेबी प्लानिङमा समस्या भइरहेको छ, उनीहरुले ओखर खानुपर्छ ।
    ओखर खाँदा प्रोस्टेट क्यान्सरको खतरा कम हुन्छ । यसले कोलोरेक्टल क्यान्सरको खतरा कम हुन्छ ।
    पुरुषमा मुटुरोगको खतरा बढी हुन्छ, जसलाई कम गर्नका लागि तपाईं ओखर खान सक्नुहुन्छ ।

    कसरी खाने ओखर

    खरलाई ब्रेकफास्ट वा स्न्याक्सको रुपमा खान सकिन्छ । ओखर खानुको सबैभन्दा राम्रो तरिका, त्यसलाई रातभरी भिजाएर राख्नुहोस् र बिहान उठेर यसको सेवन गर्दा उत्तम हुन्छ यसरी खाँदा ओखरको पूरा फाइदा पाइन्छ । ड्रिङ्क बनाएर त्यसमा ओखर मिसाएर खान सकिन्छ । ओखरको स्मुदी वा शेक बनाएर पनि पिउन सकिन्छ वा जुसमा ओखर हालेर पनि खान सकिन्छ । दुईदेखि तीनवटा ओखर राती भिजाएर राख्नुहोस् र बिहान भएपछि यसको सेवन गर्न सकिन्छ । यसैगरी तपाईं यसलाई बिहान ओट्समा मिसाएर पनि खान सकिन्छ । ओखरलाई भुटेर त्यसलाई स्न्याक्सको रुपमा पनि खाने गरिन्छ र सलादको रुपमा पनि ओखरको सेवन गर्न सकिन्छ । हुन त ओखर खानु हरेक तरिकाले फाइदाजनक हुन्छ र यसका केही खराब प्रभाव पनि हुनसक्छन् त्यसैले सही मात्रामा मात्रै यो खानुपर्छ । यदि तपाईंले चाहिने भन्दा बढी ओखर खानु हुन्छ भने यसले तपाईंको पेट दुखाउँछ । कतिलाई ओखरको एलर्जी पनि हुन्छ ।

    Post Views: 192
    प्रकाशित मिति: २०८२ कार्तिक २, आईतवार ०६:५९
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय
    चिलिमे हाइड्रोको सुरुङमा चार वटा शव फेला
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.