• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

२ हजार ९ सय मिटर उचाइ लुक्लामा रहेको पासाङ ल्हामु निकोल निक्की अस्पतालको २० औँ वार्षिकोत्सव सम्पन्न

  •  नेपाल चौतारी
  • २०८२ कार्तिक १०, सोमबार ०९:४० प्रकाशित
    • अ-
    • अ
    • अ+

    राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पाको नामबाट स्थापना भएको पासाङ ल्हामु निकोल निक्कि अस्पतालको २० औँ वर्षमा प्रवेश गरेको छ । समुन्द्री सतहबाट झन्डै २ हजार ९ सय मिटर उचाइ लुक्लामा रहेको अस्पतालको बार्षिकउत्सवमा प्रमुख अतिथि स्विस राजदूत दानियल भेरोनिक मोलीले हिमालयको मुटुमा रहेको पासाङ ल्हामु निकोल निक्की अस्पताल स्विस नागरिक र नेपाली नागरिकबीचको एकताको प्रतीक भएको बताइन् । उनले दुई देशका नागरिकबीचको एकताको प्रतिक अस्पतालको २० औँ वार्षिकोत्सवमा सामेल हुन पाउँदा आफूले गौरवान्वित महसुस गरेको बताइन् । नेपालको दुर्गम क्षेत्रमा सुविधा सम्पन्न अस्पताल २० वर्षसम्म नियमित सञ्चालन आउनुलाई उनले उल्लेखनीय उपलब्धि भएको बताइन् ।

    अस्पतालका संस्थापक निकोल निक्कीले यो अस्पतालसँग जोडिएको २० वर्ष बितेको पत्तै नपाएको भन्दै उनले अस्पताल र फाउन्डेशनमार्फत मानव सेवामा जोडिएर सहयोग गरेको भन्दै स्विजरल्याण्डका दाताद्वय रब र राल्फलाई विशेष धन्यवाद व्यक्त गरिन् । उनले रब र राल्फ विशेष सहयोगमा जन्म चिल्ड्रेन एजुकेसन प्रोजेक्ट स्थापना गरिएको र जसले गर्दा गर्भवती महिलाहरू यस अस्पतालमा आउन थालेको बताइन् । उनले जन्म चिल्ड्रेन एजुकेसन प्रोजेक्ट मार्फत अस्पतालमा जन्मेका बालबालिकालाई १० कक्षा सम्म अध्ययन गर्नको लागि वार्षिक छात्रवृत्ति २२० स्विस फ्रान्क बराबर हुन आउने नेपाली रकम बालबालिकाको बैंक खातामा जम्मा गरिएको पनि उल्लेख गरिन् । उनले यो वर्ष २६१ जना बालबालिकालाई छात्रवृत्ति उपलब्ध गराएका बताइन् ।

    कार्यक्रममा विशिष्ट अतिथि खुम्बु पासाङ ल्हामु गाउँपालिका अध्यक्ष मिङ्मा छिरिङ शेर्पाले यो अस्पतालले स्थानीयवासी र बाह्य पर्यटकहरूको स्वास्थ्य सेवामा महत्त्वपूर्ण भूमिका खेल्दै आएको जानकारी गराए ।

    अस्पतालका कार्यकारी निर्देशक पासाङकाजी शेर्पाले यस पासाङ ल्हामु निकोल निक्की अस्पतालले हिमाली क्षेत्रमा बसोबास गर्ने निम्न आय भएका परिवारको स्वास्थ्य र शिक्षा ग्यारेन्टी गर्दै आएको बताए । २० वर्षको अन्तरालमा अस्पतालले करिब ३ लाख बिरामीहरूको सेवा गर्न पाउँदा र दुर्गममा १ हजार ५ सय जना बालबालिकाहरूले सो अस्पतालमा जन्म लिएको कार्यकारी निर्देशक शेर्पा जानकारी दिए । उनले हिमाली भेगमा स्थापना भएको अस्पताल अत्याधुनिक प्रविधिसहित सेवा सुविधा प्रदान गर्दै आएको भन्दै बिरामीहरूको लागि गुणस्तरका सामानहरू खरिद गरी अत्याधुनिक प्रविधिसहित सेवा प्रवाह गरिरहेका र अस्पतालले आँखा शिविर, हाडजोर्नी शिविर सञ्चालन गर्दै आएको पनि बताए ।

    कार्यक्रममा स्थानीय महिला समूहद्वारा कल्चर डान्ससमेत प्रस्तुत गरेका थिए भने स्वीजरल्याण्ड लगायत विदेशी तथा स्वदेशी पाहुनाहरूलाई स्थानीय परिकारको स्वाद चखाइएको थियो ।

    Post Views: 221
    प्रकाशित मिति: २०८२ कार्तिक १०, सोमबार ०९:४०
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय
    चिलिमे हाइड्रोको सुरुङमा चार वटा शव फेला
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.