• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

नेपालमा क्रिकेटको स्वर्णिम युग सुरु : क्यान अध्यक्ष चन्द

  •  नेपाल चौतारी
  • २०८२ कार्तिक २१, शुक्रबार १५:०८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले नेपाली क्रिकेटको स्वर्णिम युग सुरु भएको बताएका छन् । नेपाल प्रिमियर लिग (एनपिएल) को ट्रफी टुरका क्रममा कैलालीको टीकापुर उद्यानमा भएको ट्रफी टुरको शुभारम्भ कार्यक्रममा अध्यक्ष चन्दले पछिल्लो समयमा नेपालमा लोकप्रिय खेलका रुपमा क्रिकेट उदाएको बताए ।

    नेपाललाई विश्वमा चिनाउनका लागि क्रिकेटले विशेष भूमिका खेलेको उल्लेख गर्दै अध्यक्ष चन्दले विश्वभरबाट माया र सहानुभूति पाइरहेको बताए । नेपाल प्रिमियर लिग (एनपिएल)ले क्रिकेटलाई थप बलियो बनाएको भन्दै उहाँले खेलाडीहरुलाई व्यावसायिक बनाउनमा मद्दत गर्दै गएको उल्लेख गरे । खेलकुदका क्षेत्रमा सधैँ सुदूरपश्चिम अग्रपङ्क्तिमा देखिने गरेको बताउँदै अध्यक्ष चन्दले हरेक खेलमा सुदूरपश्चिमका खेलाडीको प्रतिनिधित्व सबैभन्दा बढी देख्न पाइने गरेको बताए ।

    टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारूले एनपिएलको सुदूरपश्चिम ट्रफी टुर सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा स्थापित टीकापुर उद्यानबाट सुरु गर्नु ऐतिहासिक कदम भएको बताए । उनले ट्रफी टुरले टीकापुर उद्यानलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउन थप मद्दत मिल्ने विश्वास व्यक्त गरे ।

    सुदूरपश्चिम रोयल्सका मालिक स्वतन्त्रप्रताप शाहले २०२७ सालमा तत्कालिन राजा महेन्द्र शाहले एक महिना देशको शासन व्यवस्था चलाएको ऐतिहासिक उद्यानको महेन्द्र विश्रामगृहको भवनअगाडि बाट एनपिएल ट्रफी टुरको शुभारम्भ गरिएको बताउँदै उनले यसैगरी छिट्टै पुनः ट्रफी जितेर विजयोत्सव मनाउन फर्किने विश्वास व्यक्त गरे ।

    Post Views: 103
    प्रकाशित मिति: २०८२ कार्तिक २१, शुक्रबार १५:०८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय
    चिलिमे हाइड्रोको सुरुङमा चार वटा शव फेला
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.