• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

केन्द्रीय कार्यालय पुनर्निर्माणका लागि कांग्रेसले थाल्यो २५ करोड संकलन अभियान, क्रियाशील सदस्यको भागमा १५० रूपैयाँ

  •  नेपाल चौतारी
  • २०८२ मंसिर १५, सोमबार ११:३० प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपाली कांग्रेसले जेनजी आन्दोलनको क्रममा आगजनीका कारणले ध्वस्त पार्टीको सानेपास्थित केन्द्रीय कार्यालय भवन पुनर्निर्माण गर्न नेपाली कांग्रेसले ठूलो आन्तरिक आर्थिक अभियान सुरू गरेको छ । आगजनीका कारण भवनको ७५ प्रतिशतभन्दा बढी संरचना प्रयोग गर्न नसक्ने अवस्थामा पुगेको छ । कांग्रेसले पार्टीले भित्रैबाट करिब २५ करोड रुपैयाँ उठाउने लक्ष्यसहित सबै तहलार्य परिपत्र जारी गरेको छ । कोषाध्यक्ष उमेश श्रेष्ठ र मुख्यसचिव कृष्णप्रसाद पौडेलले कात्तिक १९ गते सबै संगठनहरूलाई पठाएको परिपत्रमा रकम संकलनको विस्तृत योजना उल्लेख गरिएको छ । पुनर्निर्माणलाई पार्टीको सामूहिक अभियानका रूपमा अघि बढाउने कांग्रेसको तयारी छ ।

    परिपत्र अनुसार हरेक प्रदेश समितिले पाँच लाख गरेर सातवटै प्रदेशबाट जम्मा ३५ लाख पैसा संकलन गर्ने भएको छ । जिल्ला कार्यसमितिबाट न्यूनतम ३० हजार देखि ७५ हजार सम्म संकलन गर्ने लक्ष्य लिएको छ । जसमध्ये एक मात्र निर्वाचन क्षेत्र भएका जिल्लाबाट ३० हजार, दुईदेखि चार निर्वाचन क्षेत्र भएका जिल्लाबाट ५० हजार र चारभन्दा बढी क्षेत्र भएका पाँच जिल्लाबाट ७५ हजार संकलन गर्ने भएको छ ।
    त्यस्तै प्रतिनिधि सभा क्षेत्रिय कार्यसमितिबाट १६५ क्षेत्रबाट ३० हजारका दरले ४९ लाख ५० हजार र प्रदेश सभा क्षेत्रीय समितिबबाट २० हजारका दरले ६६ लाख संकलन गर्ने लक्ष्य लिएको छ । ।

    स्थानीय तहका समितिहरूमध्ये महानगरपालिबामट २० हजार,उपमहानगरपालिकाबाट १५ हजार,नगरपालिकाबाट १० हजार र गाउँपालिकाबाट पाँच हजार संकलन गर्ने निर्णय गरिएको छ । साथै वडा कार्यसमितिबाट दुई हजारका दरले एक करोड ३४ लाख ८६ हजार संकलन गर्ने लक्ष्य लिएको केन्द्रीय कार्यालयले जनाएको छ ।

    त्यसैगरि महाधिवेशन ३ हजारका दरले र र प्रदेश महाधिवेशन प्रतिनिधिबाट एक हजारका दरले रकम संकलन गरिने छ । साथै क्रियाशील सदस्यबाट प्रति सदस्य १५० रूपैयाँका दरले रकम संकलन गर्ने लक्ष्य लिएको छ । यसैगरि जनप्रतिनिधिबाट एक महिनाको तलब अनिवार्य गरिएको छ । जसमध्ये १ सय ४० नगरपालिका प्रमुख, १ सय १० उपप्रमुख, गाउँपालिका अध्यक्ष १ सय ८८, उपाध्यक्ष १ सय ९० र वडा अध्यक्ष २ हजार ६ सय ६१ विजयी भएका छन् । यी जनप्रतिनिधिबाट औसत तलबका आधारमा  ५ करोडभन्दा बढी रकम उठ्ने अनुमान गरिएको छ ।

    कांंग्रेसले जारी गरेको परिपत्रमा यो चुनौतीपूर्ण अवस्थामा पार्टीको भवन पुनर्निर्माण सबैको जिम्मेवारी हो । सबै तहबाट सहयोग जुटे कांग्रेसको केन्द्रीय कार्यालय छिट्टै पुनर्निर्माण हुनेछ भन्ने उल्लेख छ । कांग्रेसले यो अभियानलाई संगठनकै एकता र सहकार्यको प्रतिकका रूपमा अघि बढाउने बताएको छ ।

    Post Views: 216
    प्रकाशित मिति: २०८२ मंसिर १५, सोमबार ११:३०
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
    बाढी र पहिराेका कारण अवरुद्ध छन् यी राजमार्ग
    भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता
    Advertisement
    ताजा अपडेट
    • १. गिद्ध संरक्षणमा ऐतिहासिक सफलता

    • २. घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

    • ३. मधेश प्रदेश सांसद जैनब खातुनको निधन

    • ४. नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम

    • ५. बाढी र पहिराेका कारण अवरुद्ध छन् यी राजमार्ग

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.