• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

जेनजी आन्दोलनका सहिद परिवारका बालबालिकालाई दीर्घकालीन सहयोग गर्ने गोल्याण ग्रुपका प्रबन्ध निर्देशकको प्रतिबद्धता

  •  नेपाल चौतारी
  • २०८२ मंसिर १६, मंगलवार १०:५९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    गोल्याण ग्रुपका प्रबन्ध निर्देशक अक्षय गोल्याणले जेनजी आन्दोलनका क्रममा सहिद भएका परिवारका बालबालिकालाई दीर्घकालीन सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । उनले सामाजिक सञ्जाल लिंकदिनमा भिडियो पोस्ट गर्दै उनले अभिभावकसँगै बालबालिकाले जीवनबाट सुरक्षाको सुनिश्चितता गुमाएको उल्लेख गर्दै हामी शैक्षिक सहयोगमार्फत उनीहरूको सपना पूरा गर्न अगाडि सरेको बताएका छन् ।

    गोल्याण ग्रुपले यसअघि नै सहिद परिवारका ३२ बालबालिकालाई मासिक ४० हजार रुपैयाँसम्मको छात्रवृत्ति घोषणा गरिसकेको छ । कक्षा–१२ सम्मको शिक्षाका निम्ति प्रतिविद्यार्थी वार्षिक चार लाख ८० हजार रुपैयाँसम्मको छात्रवृत्तिका लागि ग्रुप, विद्यालय र अभिभावबीच त्रिपक्षीय सम्झौता पनि भइरहेको छ । विश्व बाल दिवसको अवसर पारेर ग्रुपले बालबालिकालाई ‘किड्स–प्ले डेट’मा निम्त्याएको थियो ।

    त्यहाँ उनीहरू एकापसमा रमाउँदै खेलेको भिडियो पोस्ट गर्दै प्रबन्ध निर्देशक गोल्याणले भनेका छन्, “यहाँ उनीहरूलाई निम्त्याइएको केबल मनोरन्जनका लागि मात्र होइन, बरु हरेक बालबालिकाले खुसी र सुरक्षाबोधका साथ जीवनप्रति आशावादी हुने हक राख्छन् भनेर स्मरण गर्न पनि हो ।” प्रबन्ध निर्देशक गोल्याणले बालबालिकाको मुस्कानले अर्थपूर्ण सन्देश प्रवाह गरेको पनि बताएका छन् । ‘कहिलेकाहीँ सामान्य क्षणहरूले पनि हामीलाई गहिरो पाठ सिकाउँछन् । उनीहरूमा देखिएको हाँसो, सिर्जनशीलता र ऊर्जाले साँच्चिकै सुन्दर भविष्यको संकेत गरेको छ,” लिंकदिनमा उनले भनेका छन् ।

    Post Views: 133
    प्रकाशित मिति: २०८२ मंसिर १६, मंगलवार १०:५९
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय
    चिलिमे हाइड्रोको सुरुङमा चार वटा शव फेला
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.