धरान उपमहानगरपालिकाका मेयर एवम् श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आउँदो चुनावमा आफ्नो पार्टीलाई बहुमत ल्याउन नदिन देशी विदेशी तत्त्वले कुलमानलाई उचालेको आरोप लगाएका छन् ।
उनले फेसबुक लाइभमा बोल्दै नेपालमा काम गर्ने मान्छे सत्तामा नपुगुन् र देश दरिद्र भइराखोस् भनेर षडयन्त्र गर्नेहरूले कुलमानलाई अगाडि ल्याएको बताए । उनले यी सवै षड्यन्त्रका बाबजुद पनि श्रम संस्कृति पार्टीले बहुमत ल्याएर छोड्ने दाबि गरे ।
म्पाङले घिसिङलाई चुनौती दिँदै भने, ‘तपाईँविरुद्ध यसरी प्रयोग भइराख्नुभयो भने हाम्रो श्रम संस्कृति पार्टीले साइड लगाउँछ वा नाघेर जान्छ । त्यो हुनुभन्दा पहिले बचेखुचेको छविलाई बचाउनुस् र मन्त्रीको काममा केन्द्रित हुनुस् ।’






