अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच सिंहदरबारमा भेटवार्ता भएको छ ।
जेनजी आन्दोलनको क्रममा खण्डहर बनेको सिंहदरबार परिसरको अवलोकन गर्न सिंहदरबार पुगेका बेलामा भण्डारीले अन्तरिम प्रधानमन्त्री कार्कीसंग भेटवार्ता गरेकी हुन् ।
उनी दिउँसो अवलोकनका लागि सिंहदरबार पुगेकी थिइन् ।
भेटमा पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री हुन भने भण्डारी नेपालको पहिलो महिला राष्ट्रपति हुन ।






