• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

कांग्रेस सहमहामन्त्री यादवको संयोजकत्वमा क्रियाशील सदस्यता छानविन समिति गठन

  •  नेपाल चौतारी
  • २०८२ मंसिर २५, बिहीबार ०८:५० प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपाली कांग्रेसले क्रियाशील सदस्यताको छानविनका लागि सहमहामन्त्री महेन्द्र यादवको नेतृत्वमा केन्द्रीय सदस्यता छानबिन समिति गठन गरेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काले यादवको संयोजकत्वमा केन्द्रीय सदस्य शिव हुमागाईं, प्रा. डा. गोविन्दराज पोखरेल, अजयबाबु सिवाकोटी र शान्ति परियार बिक सदस्य रहने गरि समिति गठन गरेका हुन् ।

    कांग्रेसको विधानअनुसार वडाहरूबाट वितरण हुने क्रियाशील सदस्यता पालिका निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश हुँदै केन्द्रमा आइपुगेपछि केन्द्रीय सदस्यता व्यवस्थापन समितिले छानबिन समितिलाई हस्तान्तरण गर्नेछ । छानबिन समितिले सदस्यतामा देखिएका विवाद समाधान गरेपछि पुनः केन्द्रीय सदस्यता व्यवस्थापन समितिलाई हस्तान्तरण गर्ने प्रावधान छ ।

    केन्द्रीय सदस्यता व्यवस्थापन समिति महामन्त्रीको नेतृत्वमा रहने वैधानिक प्रावधान छ । अहिले नेपाली कांग्रेसको केन्द्रीय सदस्यता व्यवस्थापन समितिको संयोजक महामन्त्री गगन थापा रहेका छन् । महामन्त्री थापा नेतृत्वको समितिले देशभरिबाट आएका क्रियाशील सदस्यहरूको विवरण हस्तान्तरणपछि त्यसमा आउने उजुरी र दाबी विरोधका आधारमा केन्द्रीय सदस्यता छानबिन समितिले सदस्यता सम्बन्धी निर्णय गर्नेछ । यसरी तयार भएको अन्तिम नामावली नेपाली कांग्रेसको वडा तहमा मतदान गर्ने मतदाता नामावलीको रूपमा परिणत हुन्छ ।

    Post Views: 115
    प्रकाशित मिति: २०८२ मंसिर २५, बिहीबार ०८:५०
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
    बाढी र पहिराेका कारण अवरुद्ध छन् यी राजमार्ग
    भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता
    Advertisement
    ताजा अपडेट
    • १. निजामती सेवा विधेयक ल्याउने तयारी, लोकसेवा आयोगको परामर्श कुर्दै सरकार

    • २. गिद्ध संरक्षणमा ऐतिहासिक सफलता

    • ३. घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

    • ४. मधेश प्रदेश सांसद जैनब खातुनको निधन

    • ५. नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.