• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

पूर्वराष्ट्रपति भण्डारी र अन्तरिम प्रधानमन्त्री कार्कीबीच केपी ओलीलाई पक्राउन गर्ने कुरा भएको महेश बस्नेतको दाबि

  •  नेपाल चौतारी
  • २०८२ मंसिर २५, बिहीबार १२:५१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेकपा एमालेका नेता महेश बस्नेतले अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच केपी शर्मा ओलीलाई पक्राउ गर्नेबारे कुराकानी भएको दाबी गरेका छन् । बस्नेतले सामाजिक सञ्जालमा बिहीबार स्टाटस लेख्दै दुई दिनअगाडि नै पूर्वराष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री सुशीला कार्कीबीच भएको भनिएको वार्तामा पनि केपी ओलीलाई गिरफ्तार गर्ने कुरा भएको रहस्य खुलेको उल्लेख गरेका छन् ।

    उनले बुधबार पत्रकार सम्मेलनमा ईश्वर पोखरेलले अध्यक्ष केपी ओली भदौ २३–२४ गतेको घटनाको छानविन गर्न गठित आयोगमा बयानका लागि जानैपर्ने भनेको उल्लेख गर्दै कार्की र भण्डारीबीचको सहमति भएको दाबि गरेका छन् । उनले लेखेका छन् – ‘हिजोको पत्रकार सम्मेलनमा ईश्वर पोखरेलले पत्रकारहरूलाई भन्नुभयो– तपाईंहरूले एउटा कुरा सोध्नै भुल्नुभयो, किन हाम्रो अध्यक्ष आयोगमा बयान दिन जानुभएन ? म भए जान्थेँ, उहाँ पनि जानैपर्छ । यसबीच अर्को षडयन्त्रको खेल पनि बाहिर आएको छ ।’

    उनले केपी ओली गिरफ्तार भन्ने मिडिया ट्रायल सबै कुरा एउटै दिशातिर संकेत गरेका छन् । उनले भनेका छन् – ‘उनीहरूको उद्देश्य हो महाधिवेशन भाड्ने, आतंक फैलाउने, सहभागिता घटाउने । अन्तिम चरणमा केपी ओलीको लोकप्रियता कमजोर पार्ने, महाधिवेशनमा चुनाव भएमा सके हराउने नसके भोट घटाउने हो । तर, उनीहरूले बिर्सिन नहुने कुरा के हो भने एमाले सबै प्रकारका षड्यन्त्र चिर्न सक्षम छ ।’ अध्यक्षलाई दबाब दिने वा गिरफ्तार गर्ने कुनै पनि चाल कदापि सफल नहुने चेतावनी उनले दिएका छन् ।

    Post Views: 114
    प्रकाशित मिति: २०८२ मंसिर २५, बिहीबार १२:५१
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
    बाढी र पहिराेका कारण अवरुद्ध छन् यी राजमार्ग
    भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता
    Advertisement
    ताजा अपडेट
    • १. निजामती सेवा विधेयक ल्याउने तयारी, लोकसेवा आयोगको परामर्श कुर्दै सरकार

    • २. गिद्ध संरक्षणमा ऐतिहासिक सफलता

    • ३. घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

    • ४. मधेश प्रदेश सांसद जैनब खातुनको निधन

    • ५. नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.