नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नाम डडेल्धुराबाट फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि एकल सिफारिस भएको छ । नेपाली कांग्रेस डडेल्धुराको बिहीबार बसेको बैठकले पूर्वप्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति देउवाको एकल नाम सिफारिस गरेको हो ।
जिल्ला सभापति भीमबहादुर साउँदले प्रदेश समितिलाई देउवाको नाम सिफारिस गरिएको जानकारी दिए । डडेल्धुरा कांग्रेसका नेताहरूसँग यसअघि नै देउवाले अन्तिमपटक प्रतिनिधिसभा निर्वाचन लड्ने बताइसकेका थिए ।
यस्तै समानुपातिकमा नरभान कामी र मानकुमारी थापा तथा राष्ट्रियसभाको लागि भीमबहादुर साउँद र रगुवर भट्टको नाम सिफारिस भएको जिल्ला सचिव हेमराज चटौतले बताए ।






