अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणको मुद्दा दायर गरेको छ । सहसचिव तिर्थराज भट्टराई सहित ७ जनालाई प्रतिवादी बनाइएको छ ।
अख्तियारले भट्टराईलाई प्रमुख प्रतिवादी कायम गरेर शाखा अधिकृत यज्ञ अर्याल, ट्राभल एजेन्सीका बालकृष्ण खड्का, बिचौलिया खेम सुवेदी, कविता पौडेलसहित ७ जनालाई प्रतिवादी कायम गरेको छ ।
करिब ८० लाख रुपैयाँ भ्रष्टाचार भएको दावी अख्तियारको छ । यसैलाई बिगो कायम गरिएको छ ।






