नेपाली कांग्रेसका नेता डा शेखर कोइराला र केन्द्रीय सदस्य मीनेन्द्र रिजालले सभापति शेरबहादुर देउवासँग कुराकानी गरेका छन्। उनीहरूले सभापति देउवा निवास महाराजगञ्ज पुगेर पार्टीको आन्तरिक विषयमा कुराकानी गरेको बताइएको छ ।
कांग्रेस केन्द्रीय कार्यालयले नम्बर बिनाका क्रियाशील सदस्यता फारम जिल्लाहरूमा पठाएको विषयमा र राष्ट्रिय सभाको निर्वाचन बिषयमा कुरा गर्न कोइराला र रिजाल सभापति देउवाकहाँ गएकाबताइएको छ ।
साथै केन्द्रीय अनुशासन समितिले गरेको कारबाही सिफारिस फुकुवा लगायत विषयमा कुरा नेता कोइराला र रिजाल सभापति देउवाकहाँ गएको नेता कोइरालाको सचिवालयले जनाएको छ।
भेटमा कोइरालाले नम्बर बिनाका फारम जिल्ला(जिल्ला पुगेको र यसले पार्टीभित्र जटिल समस्या सिर्जना गरेको सभापति देउवालाई बताएका थिए।






