नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका छन् । महाधिवेशनमा दुई हजार २६३ प्रतिनिधि मतदाता भएपनि ३६ जना मतदानमा अनुस्थित भए ।
अहिले मतगणनाका लागि मुचुल्का उठाउने र सहमति कायम गर्ने काम भइरहेको र सूरु भएको तीन घण्टाभित्र परिमाण आउँने एमालेको निर्वाचन आयोगले जनाएको छ ।
एमालेमा नयाँ नेतृत्वका लागि बुधबार बिहान ९ः१२ बजेदेखि मतदान सुरू भएको थियो । एमालेमा ३०१ केन्द्रीय सदस्यीय लागि करिब ६४२ जनाको उम्मेदवारी परेको थियो । मतदानमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोगमा गरिएको थियो ।






