नेकपा एमालेका सचिव महेश बस्नेतले पूर्व राष्ट्रपति विद्या भण्डारीले लोकतन्त्रको जगमा उभिएर राजतन्त्र फर्कने कल्पना गर्नु भनेको आफ्नै विगत र धरातलप्रतिको अविश्वास हो यस्ता कुरामा बह्स गरेर ऊर्जा पछाडि फर्काउने बाटोमा नलाग्न भनेका छन् ।
सामाजिक संजाल फेसबुकमा लेख्दै बस्नेतले वरु त्यो उर्जा लोकतन्त्र, संविधान र सुशासन जोगाउन केन्द्रित गर्न आग्रह गरेका छन् । यस्तै पूर्वराष्ट्रपति भण्डारीले महाधिवेशनको फैसला अन्तिम नमान्ने हो भने पार्टी संगठन नरहने र बहस क्लब बन्ने बताएका छन् ।
उनले लेखेका छन् – ‘पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीज्यूले, यी कुरा बुझेर राष्ट्रको अभिभावकको भूमिकामै बस्नुभयो भने राम्रो हुन्थ्यो। महाधिवेशनको फैसला अन्तिम नमान्ने हो भने पार्टी संगठन रहँदैन, बहस क्लब बन्छ। एमालेलाई क्लब बनाउने काममा ऊर्जा खर्च नगर्दा राम्रो।’
बस्नेतले प्रधानमन्त्रीसँग भेटेर आफ्नै सहयोद्धामाथि त्रिशूल छाप लगाइदिउँ भनेर भन्नु भनेको गुण बिर्सेर प्रतिशोध साध्ने अभ्यास होइन र भन्ने प्रश्न गरेका छन् ।






