बंगलादेशको राजधानी ढाकामा फेरि हिंसा भड्किएको छ । बुधबार भएको बम आक्रमणमा एक युवकको मृत्यु भएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार मृतकको नाम सियाम रहेको खुलेको छ ।
उनी सडक किनारको चिया पसलमा चिया पिउँदै गर्दा केही व्यक्तिहरूले फ्लाइओभरबाट बम फालेका थिए ।
बम जमिनमा खस्नासाथ भएको विस्फोटमा सियाम गम्भीर घाइते भए । उनलाई अस्पताल लगिएको थियो, तर उपचारका क्रममा उनको मृत्यु भयो । यो घटनाले पहिल्यै तनावग्रस्त वातावरणलाई थप गम्भीर बनाइदिएको छ ।
देशमा राजनीतिक उथलपुथल, अल्पसंख्यकमाथि आक्रमणको आरोप र आगामी आम निर्वाचनबीच बढ्दो हिंसाले बंगलादेशलाई अस्थिरताको चरणतर्फ धकेलेको छ ।






