अफ्रिका कप अफ नेसन्समा साविक विजेता आइभोरी कोस्टले विजयी सुरुवात गरेको छ । माराकेश रंगशालामा बुधबार सम्पन्न खेलमा आइभोरी कोस्टले मोजाम्बिकविरुद्व १–० को कठिन जित निकाल्यो ।
अमाड डियालोले खेलको ४९औँ मिनेटमा गरेको एक मात्र गोल आइभोरी कोस्टलाई जित दिलाउन पर्याप्त बन्यो ।
बुधबार नै क्यामरुनले गाबोनलाई १–०, अल्जेरियाले सुडानलाई ३–० तथा बुर्किना फासोले इक्वाटोरियल गिनियालाई २–१ ले पराजित गरे ।






