• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

नेपाल चिकित्सक संघको निर्वाचन : डा. बद्री रिजाल नेतृत्वको समूहले आफ्नो ६ बुँदे चुनावी घोषणापत्र सार्वजनिक

  •  नेपाल चौतारी
  • २०८२ पुष ११, शुक्रबार १३:३३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपाल चिकित्सक संघको ३० औँ केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनका लागि डा. बद्री रिजाल नेतृत्वको समूहले आफ्नो ६ बुँदे चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । टिम बद्रीले ‘सुरक्षित सेवा, सुरक्षित पेसा’ भन्ने नारासहित मैदानमा उत्रिएको र चिकित्सकको पेशागत सुरक्षा, दरबन्दी अभाव र सेवा–सुविधा सुधारलाई मुख्य एजेन्डा बनाएको छ । घोषणापत्रमा लामो समयदेखि सम्बोधन हुन नसकेका चिकित्सकका संरचनागत समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । टिम बद्रीमा अध्यक्षःडा बद्री रिजाल, वरिष्ठ उपाध्यक्षःडा. सञ्जीव तिवारी, महासचिवः डा. विश्वराज दवाडी, कोषाध्यक्षः डा. संयुक्त आचार्य रहेका छन् ।

    घोषणापत्र अनुसार कार्यकालभर सरकारी अस्पतालहरूमा १० हजार नयाँ चिकित्सक दरबन्दी सिर्जना गर्न सरकारमाथि दबाब दिने प्रतिबद्धता गरिएको छ । विगत तीन दशकदेखि ओएनएम सर्भे नहुँदा चिकित्सक बेरोजगारी बढेको उल्लेख गर्दै पहिलो वर्षमै २ हजार १ सय दरबन्दी थप्ने पहल गरिने जनाइएको छ । त्यस्तै निजी स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकहरूले पाउँदै आएको न्यून पारिश्रमिक अन्त्य गर्न सरकारी सरहको वैज्ञानिक न्यूनतम तलबमान लागू गराउन पहल गर्ने प्रतिबद्धता पनि घोषणापत्रमा समेटिएको छ ।

    कार्यस्थलमा चिकित्सकमाथि हुने आक्रमण, धम्की तथा दुर्व्यवहार नियन्त्रण गर्न यापिड रेस्पोन्स टिम आर आर टी गठन गर्ने योजना अघि सारिएको छ । आपत्कालीन अवस्थामा उक्त टिममार्फत चिकित्सकलाई तत्काल कानुनी तथा भौतिक सुरक्षा उपलब्ध गराइने बताइएको छ । यसैगरी अध्यक्षका उम्मेदवार डा बद्री रिजालले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन को प्रभावकारी कार्यान्वयन गर्दै ‘जेल विदआउट बेल’ को व्यवस्था कडाइका साथ लागू गराइने प्रतिबद्धता जनाएका छन् ।

    घोषणापत्रमा चिकित्सा शिक्षामा देखिएका विसंगति हटाउन स्नातकोत्तर पीजी अध्ययनका लागि अनिवार्य गरिएको एक वर्षे कार्य अनुभवको व्यवस्था खारेज गर्न पहल गर्ने उल्लेख छ । चिकित्सकको स्वास्थ्य र कार्यक्षमता जोगाउन अन्तर्राष्ट्रिय मापदण्डअनुसारको वैज्ञानिक ड्युटी आवर लागू गर्ने, साथै बर्नआउट व्यवस्थापनका लागि परामर्श सेवा सुरु गर्ने योजना पनि प्रस्तुत गरिएको छ । नेपाल चिकित्सक संघको निर्वाचन तालिकाअनुसार उपत्यकाबाहिर माघ २ र ३ गते मतदान हुनेछ ।

    Post Views: 154
    प्रकाशित मिति: २०८२ पुष ११, शुक्रबार १३:३३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय
    चिलिमे हाइड्रोको सुरुङमा चार वटा शव फेला
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.