• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

राजनीतीक दलहरुले बुझाए प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची

"निर्वाचनको संशय हट्दै "
  •  नेपाल चौतारी
  • २०८२ पुष १५, मंगलवार ०६:५७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    राजनीतिक दलहरूले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची बुझाएका छन् । निर्वाचन आयोगको निर्वाचन तालिकाबमोजिम नै राजनीतिक दलहरुले बन्दसूची बुझाएका हुन् । योसँगै आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधि सभा सदस्य निर्वाचनको संशयसमेत हटेको छ ।
    आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारको बन्दसूची पेस गर्ने कार्यक्रम पुस १३ र १४ गते तोकेकोमा पुस १४ गते सोमबार मध्यरातिसम्म एकल र समूहमा गरी ५७ वटा निर्वाचन चिह्न प्राप्त गरेका दलले उम्मेदवारको बन्दसूची बुझाउन आयोगमा धरौटी राखेका छन् । प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिकाले बन्दसूची पेस गर्ने दलले पचास हजार रुपियाँ धरौटी राख्नुपर्ने व्यवस्था गरेको छ । एक सय वटा दलबाट ९३ निर्वाचन चिह्न प्रयोग हुने गरी दर्ता स्वीकृत भएकामा ३६ वटा निर्वाचन चिह्न प्रयोग गर्ने स्वीकृति पाएका दलले समानुपातिकतर्फ भाग लिएनन् ।

    विघटित प्रतिनिधि सभाको दोस्रो ठुलो दल नेकपा (एमाले) ले सोमबार मध्यराति बन्दसूची बुझायो । त्यसै गरी नेपाली कम्युनिस्ट पार्टीले ,नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीसहितका अन्य राजनीतिक दलहरुलेपनि समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारको बन्दसूची बुझाउन मंगलबार बिहानसम्म लगाए । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐनले बन्दसूची पेस गर्ने दलले न्यूनतम ११ र अधिकतम ११० जनाको नाम पेस गर्नुपर्ने व्यवस्था गरेको छ ।

    नेपालको संविधान २०७२ को धारा ८४ (क) ले प्रत्यक्ष निर्वाचन प्रणालीबाट १६५ र (ख) ले सम्पूर्ण देशलाई एक निर्वाचन क्षेत्र मानी राजनीतिक दललाई मत दिने समानुपातिक निर्वाचन प्रणालीबाट ११० सदस्य निर्वाचित हुने व्यवस्था गरेको छ ।

    यसैबीच, आयोगले समानुपातिकतर्फको बन्दसूचि दर्ता गर्ने क्रम चलिरहेको बेला जेनजी युवाहरुको एउटा समूह आयोगमा प्रवेश गरेर नाराबाजी गरेको छ । निर्वाचन प्रक्रिया रोकेर पहिले जेनजीहरुका माग सम्बोधन गर्नुपर्ने भन्दै उनीहरुले नाराबाजी गरेका हुन् । उनीहरुले प्रधानमन्त्री सुशीला कार्कीको राजीनमा समेत मागेका थिए ।

    Post Views: 94
    प्रकाशित मिति: २०८२ पुष १५, मंगलवार ०६:५७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गिद्ध संरक्षणमा ऐतिहासिक सफलता
    घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
    मधेश प्रदेश सांसद जैनब खातुनको निधन
    Advertisement
    ताजा अपडेट
    • १. गिद्ध संरक्षणमा ऐतिहासिक सफलता

    • २. घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

    • ३. मधेश प्रदेश सांसद जैनब खातुनको निधन

    • ४. नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम

    • ५. बाढी र पहिराेका कारण अवरुद्ध छन् यी राजमार्ग

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.