• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

‘राष्ट्रिय निर्वाचनमा होमिनुको विकल्प छैन’– शेखर कोइराला

  •  नेपाल चौतारी
  • २०८२ पुष १६, बुधबार ०८:१९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भावी राष्ट्रिय निर्वाचनमा होमिनुको विकल्प नभएको बताएका छन् । अप्रिय विवाद, मतभिन्नता र व्यक्तिगत महत्वाकांक्षालाई समाप्त गरेर भावी राष्ट्रिय निर्वाचनमा होमिनुको विकल्प नभएको बताएका हुन् । कोईरालाले राजनीतिक परिदृश्यमा उदाएको नयाँ चुनौती सामना गर्न पुनः एकता र मेलमिलापको विकल्प नभएको पनि उल्लेख गर्दै नेपाली कांग्रेसले राष्ट्रिय राजनीतिमा नेतृत्वदायी भूमिका खेल्न संभव रहेको उल्लेख गरेका छन् । राष्ट्रिय मेलमिलापको सान्र्धविकता महत्व आज कांग्रेस एक्लैको विषय नभएको पनि प्रस्ट पारेका छन् ।

    “राष्ट्रिय मेलमिलापको सान्र्धविकता र महत्व आज कांग्रेस एक्लैको विषय नभएको प्रस्ट छ । राष्ट्रिय एकता र मेलमिलापको लागि सत्ता राजनीति भन्दा माथि सार्वभौम सम्पूर्ण नेपालीको जागरुक सतर्कतासहित ऐक्यवद्धताको खाँचो रहेको छ ।” कोईरालाले लेखेका छन् ।
    कोईरालाले पाँच दशकपछिको वर्तमान अवस्थामा श्रद्धेय नेता विपीको विचारलाई फेरि एकपटक मन, बचन र कर्मले मनन गर्नुपर्नेमा जोड दिएका छन् । सन्देशमा भनेका छन् ‘पाँच दशकपछि फेरि विश्वमा महाशक्ति राष्ट्रहरुको दबाब र स्वार्थहरु अगाडि आएको हामी अनुभव गर्दैछौँ, यस परिस्थितिमा हामीले हाम्रा श्रद्धेय नेता विपीको विचारलाई फेरि एकपटक मन, बचन र कर्मले मनन गर्नुपरेको छ ।’

    उनले लोकतान्त्रिक आन्दोलनमा श्रद्धेय नेता विपी कोइराला, गणेशमान सिंह लगायतका नेताहरु आठ वर्ष भारतको प्रवास जीवन त्यागी ‘राष्ट्रिय मेलमिलापको’ सन्देश दिएर आजकै दिन नेपाल फर्केको स्मरण गर्दै भनेका छन्, ‘त्यस समयमा विश्वमा देखिएको महाशक्ति राष्ट्रहरुको द्वन्द्व र खिचातानीबाट नेपाल जस्तो सानो र अत्यन्त संवेदनशिल भूःराजनीतिक स्थितिमा रहेको देशको राष्ट्रियता र स्वतन्त्रता अक्षुण्य राख्न राष्ट्रिय एकता र मेलमिलापको विकल्प नभएको विपीको सन्देश थियो ।’

    उनले विपीले सम्भावित व्यक्तिगत खतरा र राष्ट्रको अस्तित्वको खतरासामु नगण्य भन्ठानेर ऐतिहासिक निर्णय लिएर प्रवासबाट स्वदेश फर्केजस्तै लोकतन्त्रको रक्षार्थ र भावी युवा पुस्तालाई शान्ति र समृद्धिको गोरेटो कोरेको नेपाल हस्तान्तरण गर्न पनि निर्वाचनमा होमिनुको विकल्प नभएको बताएका छन् ।

     

     

     

    Post Views: 112
    प्रकाशित मिति: २०८२ पुष १६, बुधबार ०८:१९
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गिद्ध संरक्षणमा ऐतिहासिक सफलता
    घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
    मधेश प्रदेश सांसद जैनब खातुनको निधन
    Advertisement
    ताजा अपडेट
    • १. गिद्ध संरक्षणमा ऐतिहासिक सफलता

    • २. घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

    • ३. मधेश प्रदेश सांसद जैनब खातुनको निधन

    • ४. नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम

    • ५. बाढी र पहिराेका कारण अवरुद्ध छन् यी राजमार्ग

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.