नेपाली कांग्रेसको १५ औ महाधिवेशनको नयाँ मिति प्रस्ताव गरिएको छ । पार्टी कार्यालयमा भएको कार्यसम्पादन समिती बैठकमा कार्यवाहक सभापति पूर्णबहादृुुर खड्काले वैशाख २८ देखि ३१ गतेसम्म १५ औ महाधिवेशन गर्नेगरी प्रस्ताव गरेका हुन्।
बैठकमा तत्काललाई चुनावमा केन्द्रित हुने भन्दै खड्काले वैशाखमा महाधिवेशनको प्रस्ताव गरेका हुन्।
यहि पुस २६ गतेदेखि तोकिएको महाधिवेशन कार्यतालिका प्रभावित भएपछि कांग्रेसभित्रको विवाद चरम उत्कर्षमा छ ।
संस्थापन पक्ष चुनावपछि महाधिवेशन गर्ने पक्षमा उभिएपछि महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पुस २७ र २८ गते विशेष महाधिवेशनको आव्हान गरेका छन् ।







