• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा नेपाली सेनाद्वारा विविध कार्यक्रम सम्पन्न

  •  नेपाल चौतारी
  • २०८२ पुष २७, आईतवार १४:०८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस-२०८२ का अवसरमा नेपाली सेनाले काठमाडौँलगायत देशका विभिन्न स्थानमा विविध कार्यक्रम आयोजना गरेको छ।

    जंगी अड्डामा आयोजित विशेष समारोहमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो। सो अवसरमा प्रधान सेनापति महारथी अशोक राज सिग्देलसहित पूर्व प्रधान सेनापति, रथीवृन्द, अधिकृत तथा अन्य पदाधिकारीहरूले पृथ्वीनारायण शाहको सालिकमा पुष्पहार अर्पण गरेका थिए।

    कार्यक्रमअन्तर्गत गोरखा दरबारबाट राष्ट्रिय झण्डा तथा नेपाली सेनाका प्रथम पाँच पल्टन (श्रीनाथ, कालिबक्स, बर्दबहादुर, सबुज र पुरानो गोरखा) का झण्डा एवं दिपप्रज्वलनसहित सुरु गरिएको एकीकरण मार्ग पदयात्रा गोरखा, धादिङ र नुवाकोट हुँदै हनुमान ढोका दरबार क्षेत्रमा सम्पन्न भएको थियो।

    पदयात्रापश्चात् जंगी अड्डामा आयोजित कार्यक्रममा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा सञ्चालन गरिएको कविता प्रतियोगिताका उत्कृष्ट कृतिहरू वाचन गरिएको थियो भने लघुनाटक प्रस्तुति र इतिहासविद्बाट राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदानबारे प्रवचन प्रस्तुत गरिएको थियो। सोही अवसरमा विभिन्न प्रतियोगिताका विजेता, निर्णायक तथा वक्ताहरूलाई प्रधान सेनापतिले पुरस्कार तथा सम्मान प्रदान गरेका थिए।

    इतिहासको जगेर्ना, पृथ्वी नारायण शाहको योगदानको संरक्षण तथा ऐतिहासिक र सांस्कृतिक सम्पदाको प्रवर्द्धन गर्ने उद्देश्यले नेपाली सेनाले गोरखा–काठमाडौँलगायत विभिन्न ऐतिहासिक मार्गहरूमा पदयात्रा तथा स्मृतिसम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्दै आएको जनाएको छ।

    नेपाली सेनाका अनुसार ३०औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा स्वदेश तथा विदेशस्थित युनिटहरूमा समेत विविध कार्यक्रमहरू आयोजना गरिएको छ।

    Post Views: 87
    प्रकाशित मिति: २०८२ पुष २७, आईतवार १४:०८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल
    चिनियाँ रक्षामन्त्रीसँग प्रधान सेनापति सिग्देलको भेट
    कृष्णभीरमा सडक खुलेसँगै एलपी ग्यासको मूल्य घट्यो, अब कति पर्छ?
    Advertisement
    ताजा अपडेट
    • १. एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल

    • २. चिनियाँ रक्षामन्त्रीसँग प्रधान सेनापति सिग्देलको भेट

    • ३. कृष्णभीरमा सडक खुलेसँगै एलपी ग्यासको मूल्य घट्यो, अब कति पर्छ?

    • ४. शेखर र खड्का दुवै पक्षको महाधिवेशनमा सहभागी नहुने

    • ५. अस्ट्रेलियामा आप्रवासनसम्बन्धी कडाइ,डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया जान नपाइने

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ३. प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै, किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ सिंहदरबारबाटै पक्राउ

    • ४. सडकपेटीमा सुत्केरीः काममा खटिएका छ जना कर्मचारी निलम्बित

    • ५. भक्तपुरमा केदारनाथ मन्दिर खुलाः साँझ महाआरती गरिँदै

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.