• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल

  •  नेपाल चौतारी
  • २०८३ आश्विन १, बिहीबार १९:०४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । फिफाको निलम्बनका कारण नेपाली फुटबलका गतिविधि प्रभावित भएको भन्दै अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले सरकारसँग समस्या समाधानका लागि तत्काल पहल गर्न आग्रह गरेको छ ।

    एन्फाले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्द्रमान तुलाधरले एन्फा सञ्चालनमा नआउँदा राष्ट्रिय टोलीको तयारी र खेलाडीको गतिविधि मात्र नभई संस्थामा कार्यरत कर्मचारीको दैनिक जीवनसमेत प्रभावित भएको बताए ।

    उनले आर्थिक कठिनाइका कारण एन्फाका कर्मचारी तथा सम्बन्धित व्यक्तिमा गम्भीर तनाव उत्पन्न हुनसक्ने अवस्था रहेकाले सरकारको तत्काल ध्यानाकर्षण आवश्यक रहेको बताए ।

    तुलाधरले बङ्गलादेशमा आयोजना हुने साफ च्याम्पियनसिपमा नेपालको सहभागितासमेत अन्योलमा परेको उल्लेख गर्दै प्रतियोगितामा नेपालको सहभागिता सुनिश्चित गर्न तत्काल निर्णय लिनुपर्ने बताए ।

    एन्फाका महासचिव किरण राईले पनि साफ च्याम्पियनसिपमा नेपालको सहभागिताबारे सरकारले छिट्टै स्पष्ट निर्णय लिनुपर्ने बताए । “अब नेपाली फुटबलको विषयमा स्पष्ट हुनुपर्छ । यस विषयमा सरकारसँग छलफल गर्न हामी तयार छौँ,” उनले भने ।

    राईले फिफा निलम्बनको समस्या समाधानका लागि फिफा र एसियाली फुटबल महासङ्घ (एएफसी) सँग औपचारिक संवाद तथा समन्वय आवश्यक रहेको बताए । एन्फा सञ्चालनमा नआउँदा राष्ट्रिय टोलीको तयारीदेखि एन्फा एकेडेमीमा रहेका बालबालिकाको दैनिक जीवनसमेत प्रभावित भएको उनको भनाइ थियो ।

    फिफाको निलम्बनका कारण नेपालले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता गुमाएको एन्फाले जनाएको छ । फिफा सिरिज महिला प्रतियोगिता २०२६, नेपाल–हङकङ अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल, एएफसी यू–१७ महिला एसियन कप २०२७ छनोट, एएफसी यू–२० महिला एसियन कप २०२६ छनोट तथा एएफसी यू–२० एसियन कप २०२७ पुरुष छनोटलगायत प्रतियोगिता प्रभावित भएका छन् ।

    एन्फाका अनुसार निलम्बनका कारण कर्मचारी, राष्ट्रिय महिला तथा पुरुष टोलीका खेलाडी, प्रशिक्षक र रेफ्रीले पारिश्रमिक तथा भत्ता पाउन सकेका छैनन् । खेलाडीको उपचारमा समेत समस्या देखिएको एन्फाले जनाएको छ ।

    एन्फाका अनुसार निलम्बन फुकुवाका लागि फिफाले दुई प्रमुख सर्त राखेको छ । पहिलो, २५ मार्च २०२६ मा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गरेको निर्णय पूर्ण रूपमा खारेज गरी हालको एन्फा कार्यसमितिलाई पुनर्बहाली गर्नुपर्नेछ । दोस्रो, एन्फाले आफ्नो विधान तथा नियमअनुसार यसअघि सुरु भइसकेको निर्वाचन प्रक्रिया यथाशीघ्र पूरा गर्न पाउनुपर्नेछ ।

    एन्फाले सरकार र राखेपले तत्काल पहल गरी फिफा तथा एएफसीसँग समन्वय गर्नुपर्नेमा जोड दिएको छ । निलम्बन फुकुवा गरी नेपाली फुटबलका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गतिविधि नियमित रूपमा सञ्चालन हुने वातावरण बनाउन एन्फाले सरकारसँग आग्रह गरेको हो ।

    Post Views: 49
    प्रकाशित मिति: २०८३ आश्विन १, बिहीबार १९:०४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता
    चिनियाँ रक्षामन्त्रीसँग प्रधान सेनापति सिग्देलको भेट
    कृष्णभीरमा सडक खुलेसँगै एलपी ग्यासको मूल्य घट्यो, अब कति पर्छ?
    Advertisement
    ताजा अपडेट
    • १. अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

    • २. एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल

    • ३. चिनियाँ रक्षामन्त्रीसँग प्रधान सेनापति सिग्देलको भेट

    • ४. कृष्णभीरमा सडक खुलेसँगै एलपी ग्यासको मूल्य घट्यो, अब कति पर्छ?

    • ५. शेखर र खड्का दुवै पक्षको महाधिवेशनमा सहभागी नहुने

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ३. प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै, किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ सिंहदरबारबाटै पक्राउ

    • ४. सडकपेटीमा सुत्केरीः काममा खटिएका छ जना कर्मचारी निलम्बित

    • ५. भक्तपुरमा केदारनाथ मन्दिर खुलाः साँझ महाआरती गरिँदै

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.