• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

ट्रम्पले रद्द गरे अमेरिकी टोलीको पाकिस्तान भ्रमण, भने– समयको बर्बादी मात्रै

  •  नेपाल चौतारी
  • २०८३ बैशाख १३, आईतवार ०७:२२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धसम्बन्धी वार्ताका लागि तय गरिएको अमेरिकी अधिकारीहरूको पाकिस्तान भ्रमण अन्तिम समयमा रद्द गरेका छन् । विशेष दूत स्टिभ विटकफ र ज्वाइँ जारेड कुशनरको भ्रमण समयको बर्बादी हुने भन्दै ट्रम्पले इरानले वार्ता चाहेको भए आफैँ सम्पर्क गर्नुपर्ने बताएका छन् ।

    यसअघि इरानी विदेशमन्त्री अब्बास अराघ्चीले इस्लामावादमा मध्यस्थ पाकिस्तानसँग छलफल गर्दै युद्ध अन्त्यको आफ्नो प्रस्ताव राखेका थिए, तर अमेरिकाको कूटनीतिक प्रतिबद्धता अझै स्पष्ट नभएको बताए ।

    यद्यपि, ट्रम्पले २२ अप्रिलमा सकिएको युद्धविराम अवधि थपेर वार्ताको अवसर दिएका थिए, दुवैपक्षबीच प्रगति हुन सकेको छैन । स्ट्रेट अफ होर्मुजमा तनाव चर्किएको छ, जहाँबाट विश्वको करिब एक–पाँचौँ तेल आपूर्ति हुने गर्छ । अमेरिका र इजरायलको आक्रमणपछि इरानले मार्गमा नियन्त्रण कडा बनाएको छ भने अमेरिकाले नौसैनिक उपस्थिति बढाएको छ ।

    अमेरिकाले इरानसँग प्रत्यक्ष वार्ताको सम्भावना औँल्याए पनि इरानले त्यस्तो कुनै योजना नरहेको जनाएको छ । इरानी राष्ट्रपति मसूद पेजेश्कियानले वार्तामा खुला रहेको तर प्रतिबन्ध र धम्की मुख्य अवरोध भएको बताएका छन् ।

    पछिल्ला हप्तामा पाकिस्तानले दुवैपक्षबीच मध्यस्थता गर्दै आएको छ, तर ११ अप्रिलमा भएको छलफल पनि सहमतिविना टुंगिएको थियो ।

    Post Views: 85
    प्रकाशित मिति: २०८३ बैशाख १३, आईतवार ०७:२२
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बाढी र पहिराेका कारण अवरुद्ध छन् यी राजमार्ग
    भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता
    मनास्लु हिमाल आरोहण सुरु, ४६६ आरोहीले लिए अनुमति
    Advertisement
    ताजा अपडेट
    • १. नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम

    • २. बाढी र पहिराेका कारण अवरुद्ध छन् यी राजमार्ग

    • ३. भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

    • ४. दुई गोलको अग्रता जोगाउन नसक्दा ईएफएल कपबाट बाहिरियो म्यानचेस्टर युनाइटेड

    • ५. अर्थमन्त्री वाग्ले तीन दिने भारत भ्रमणमा

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.