सरकारले राष्ट्रपतिसमक्ष गरेको अध्यादेश सिफारीसको सत्तारुढ रास्ट्रिय स्वतन्त्र पार्टीका सांसद नै विपक्षमा उभिएका छन् । रास्वपा सांसद गणेश कार्कीले आज सामाजिक सञ्जाल फेसबुकमा लेख्दै गणेश कार्कीले झन्डै दुईतिहाइ ल्याएको पार्टीको लागि अधिवेशन रोकेर अध्यादेश ल्याउनु पर्ने अवस्था कुनै बहादुरी नभएको टिप्पणी गरेका हुन् ।
अध्यादेश सँधै संविधानले दिएको अधिकार र विधि प्रयोग गर्दै नै आउने हो भन्दै सांसद कार्कीले अध्यादेशको सिफारिस संविधानको हुबहु अक्षरमा आधारित रहेको तर संविधानको मर्ममा भने नरहेको स्पष्ट पारेका छन् ।
संविधान अक्षरले बाँच्ने दस्तावेज होइन, मर्मको पालनाले जीवन्त रहने उल्लेख गरेका कार्कीले संविधानका अक्षरले संविधानको मर्मलाई सिमित नगरोस् भनेका छन् । विगतमा अहिलेका विपक्षी दलले यस्तै बेलामा अध्यादेश ल्याउँदाखेरिका आफुले उठाएका उठाएका प्रश्नहरू अहिले पनि जीवित रहेको पनि उनले उल्लेख गरेका छन् ।






