• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

सङ्क्रमणकालीन न्यायलाई छिटो निष्कर्षमा पुर्‍याउन सर्वोच्चको परमादेश

  •  नेपाल चौतारी
  • २०८३ बैशाख १७, बिहीबार १३:४९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं- सर्वोच्च अदालतले सङ्क्रमणकालीन न्यायसम्बन्धी उजुरीको अनुसन्धान गरी छिटो निष्कर्षमा पुर्‍याउन परमादेश जारी गरेको छ । कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरु डा मनोजकुमार शर्मा, डा नहकुल सुवेदी, अब्दुल अजीज मुसलमान र टेकप्रसाद ढुङ्गानाको संवैधानिक इजलासले मङ्गलबार सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा परेका उजुरीको अनुसन्धानलाई छिटो निष्कर्षमा पुर्‍याउन सरकारका नाममा परमादेश जारी गरेको हो ।

    “न्यायको पहुँचको अवरोध हटाउनका लागि दुई आयोगमा दर्ता भएका उजुरी प्रभावकारी रुपमा अनुसन्धान अगाडि बढाई छिटो निष्कर्षमा पुर्‍याउन परमादेश जारी गरिएको छ”, सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले आज विज्ञप्ति जारी गर्दै भने, “यस विषयमा विगतमा भएका आदेश तथा निर्देशनात्मक आदेशको कार्यान्वयन गरी छिटो निकास दिन सरकारका नाममा परमादेश जारी गरेको छ ।”

    संवैधानिक इजलासले बेपत्ता पारिएका व्यक्तिको छानबिन तथा सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी ऐन (तेस्रो संशोधन), २०८१ अन्तरराष्ट्रिय मापदण्ड, सर्वोच्च अदालतको फैसला, कानुनअनुसार नै संशोधन गरिएको हुनाले संवैधानिक भएको ठहर गरेको छ । विस्थापित संविधानसभाका ज्येष्ठ सदस्य कुलबहादुर गुरुङ र अधिवक्ता डा ज्ञानबहादुर बस्नेतसमेतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई दायर गरेको रिट निवेदनमा उक्त ऐनको तेस्रो संशोधन असंवैधानिक भएको र दुवै आयोगका उजुरीलाई छिटो अनुसन्धान गरी निष्कर्षमा पुर्‍याउन माग गरिएको थियो ।

    ऐनको तेस्रो संशोधनमा मानव अधिकारको गम्भीर उल्लङ्घन भन्ने शब्दको सट्टामा विभिन्न ठाउँमा मानव अधिकारको उल्लङ्घन वा मानव अधिकारको गम्भीर उल्लङ्घन भनेर राखिएको छ । रिट निवेदनमा मानव अधिकारको गम्भीर उल्लङ्घन भन्ने शब्द मात्रै राखिनुपर्ने माग गरिएको थियो ।

    Post Views: 50
    प्रकाशित मिति: २०८३ बैशाख १७, बिहीबार १३:४९
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    लालझाडीमा ७४८ जनाको नि:शुल्क क्षयरोग परीक्षण
    पूर्वी लिबियामा डुंगा दुर्घटना, सात जनाको उद्धार, १७ जनाको मृत्यु
    दक्षिण कोरियामा नेपाली चिया प्रवर्द्धन कार्यक्रम
    Advertisement
    ताजा अपडेट
    • १. लालझाडीमा ७४८ जनाको नि:शुल्क क्षयरोग परीक्षण

    • २. त्रिभुवन विश्वविद्यालयका तीनै उच्च पदाधिकारीद्वारा सामूहिक राजीनामा

    • ३. सङ्क्रमणकालीन न्यायलाई छिटो निष्कर्षमा पुर्‍याउन सर्वोच्चको परमादेश

    • ४. पूर्वी लिबियामा डुंगा दुर्घटना, सात जनाको उद्धार, १७ जनाको मृत्यु

    • ५. दक्षिण कोरियामा नेपाली चिया प्रवर्द्धन कार्यक्रम

    चर्चित
    • १. गगनलाई केदार कार्कीको प्रश्न : भृकुटी मण्डपमा हामी सबैले देखेको त्यो सर्वगुण सम्पन्न अद्भुत शक्ति खोइ सभापति ज्यू ?

    • २. एमाले संसदीय दलको प्रमुख सचेतकमा ऐन महर नियुक्त

    • ३. थापाथली क्षेत्रका ४० प्रतिशत घरटहरा हटाइयो

    • ४. संसद अधिवेशन स्थगित

    • ५. अधिवेशन रोकेर अध्यादेश ल्याउनु बहादुरी होईन–रास्वपा सांसद कार्की

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.