• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

बुद्धका सन्देश नै शान्ति र समृद्धिका आधार: राष्ट्रपति

  •  नेपाल चौतारी
  • २०८३ बैशाख १७, बिहीबार १६:३८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ ।राष्ट्रपति रामचन्द्र पौडेलले बुद्धका अहिंसा, मैत्री, करुणा र प्रज्ञाका सन्देशलाई व्यवहारमा रूपान्तरण गर्न सकेमा मात्र दिगो शान्ति तथा समृद्धिको आधार निर्माण हुने बताएका छन्।

    ललितपुरको नागवहालमा अवस्थित हीरण्यवर्ण महाविहार तारेमाम् सङ्घको हीरक महोत्सवलाई बिहीबार सम्बोधन गर्दै राष्ट्रपति पौडेलले शान्ति, सह-अस्तित्व, मध्यम मार्ग र करुणामा आधारित बुद्ध दर्शनले विश्व समुदायलाई स्थायित्व, सहकार्य तथा आपसी विश्वासको मार्गतर्फ अग्रसर गराउन महत्वपूर्ण योगदान खेल्ने बताए।

    राष्ट्रपति पौडेलले भने, ‘आजको विश्व अनेकन समस्याहरू द्वन्द्व, स्वार्थपरायणता, आदर्शस्खलन, नैतिकताको क्षयीकरण, असहिष्णुता र मानवीय मूल्यहरूको ह्रासबाट प्रताडित भइरहेको अवस्थामा बुद्धका उपदेशहरू अझ सान्दर्भिक बन्दै गएका छन्।’

    राष्ट्रपति पौडेलले बुद्धका उपदेशले मानव जातिलाई सुख, शान्ति र आनन्द दिलाउने भएकाले उक्त ज्ञानको संसारभर प्रचारप्रसार भइरहेको उल्लेख गर्दै शान्तिका प्रतीकका रूपमा सम्मान गरिने महामानव गौतम बुद्धको जन्मभूमि नेपाल हुनु सबै नेपालीका लागि गौरवको विषय भएको बताए।

    शान्तिका दूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालनबाट धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र आपसी सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ एवं सबल बनाउनेतर्फ ध्यान दिनुपर्ने राष्ट्रपति पौडेलले बताए।

    उनले नेपालमा जन्मिएका बोधिसत्व सिद्धार्थ गौतमबुद्धले प्रतिपादन गर्नुभएको बुद्ध धर्म तथा बौद्ध दर्शन विश्वव्यापी रुपमा फैलिएको उल्लेख गर्दै बुद्धले देखाएको चतुआर्य सत्य, प्रतीत्यसमुत्पाद र आर्यअष्टाङ्खीक मार्गले विश्वका सबै प्राणीको दुःखबाट मुक्तिको बाटो देखाएको बताए।

    Post Views: 45
    प्रकाशित मिति: २०८३ बैशाख १७, बिहीबार १६:३८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने प्रस्ताव
    रोल्पामा जिप दुर्घटना, १७ जनाको मृत्यु
    विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै
    Advertisement
    ताजा अपडेट
    • १. विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने प्रस्ताव

    • २. रोल्पामा जिप दुर्घटना, १७ जनाको मृत्यु

    • ३. विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

    • ४. सिन्धुली घटनाबारे छानबिन माग गर्दे सभामुखसमक्ष ज्ञापन पत्र

    • ५. हुम्लामा पनि डेंगुका बिरामी फेला

    चर्चित
    • १. गगनलाई केदार कार्कीको प्रश्न : भृकुटी मण्डपमा हामी सबैले देखेको त्यो सर्वगुण सम्पन्न अद्भुत शक्ति खोइ सभापति ज्यू ?

    • २. एमाले संसदीय दलको प्रमुख सचेतकमा ऐन महर नियुक्त

    • ३. थापाथली क्षेत्रका ४० प्रतिशत घरटहरा हटाइयो

    • ४. संसद अधिवेशन स्थगित

    • ५. अधिवेशन रोकेर अध्यादेश ल्याउनु बहादुरी होईन–रास्वपा सांसद कार्की

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.