• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने प्रस्ताव

  •  नेपाल चौतारी
  • २०८३ बैशाख १७, बिहीबार १८:४३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्न विषयमा प्रस्ताव गरेको छ ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग नेपालका लागि फिनल्यान्डका राजदूत पेट्री पुहाक्काले आज मन्त्रालयमा गरेको शिष्टाचार भेटवार्ताका क्रममा फिनल्यान्डसँग शिक्षा क्षेत्रमा सहकार्य गर्ने प्रस्ताव गरिएको हो ।

    मन्त्री पोखरेलले फिनल्यान्डको शिक्षा विश्वको उच्च गुणस्तरको मानिने भएकाले फिनल्यान्डसँग शिक्षा क्षेत्रमा सहकार्य गर्ने प्रस्ताव राखिएको बताए । उक्त भेटमा शिक्षामन्त्री पोखरेलले नेपाल र फिनल्यान्डबीच सदैव सुखद र असल सम्बन्ध रहेको उल्लेख गर्दै नेपालको विकासमा फिनल्यान्ड सरकारले गर्दै आएको सहयोगका लागि धन्यवाद व्यक्त गरे ।

    सरकारका प्रवक्तासमेत रहेका मन्त्री पोखरेलले सरकारको प्राथमिकता र आगामी कार्यक्रमबारे जानकारी गराउँदै फिनल्यान्ड सरकारको तर्फबाट शिक्षा क्षेत्रमा हुँदै आएको सहयोगको सराहना गरे । आगामी दिनमा पनि नेपालको शिक्षासहित समग्र क्षेत्रको विकासका लागि फिनल्यान्डको निरन्तर सहयोगको अपेक्षा गरेका छन्।

    शिक्षामन्त्री र राजदूतबीच द्विपक्षीय सम्बन्ध, विकास सहायता परिचालन, शिक्षा क्षेत्रमा फराकिलो साझेदारीता अभिवृद्धिलगायत विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । उक्त भेटमा महामहिम राजदूत पुहाक्काले नेपालको शिक्षा क्षेत्रमा फिनल्यान्ड सरकारले गरेको सहयोग आगामी पाँच वर्षसम्म निरन्तर रहने प्रतिबद्धता जनाए ।

    फिनल्यान्डको सहयोगमा हाल विद्यालय शिक्षा क्षेत्र कार्यक्रम र ‘टिचर्स एजुकेशन’ परियोजना सञ्चालित छन् । नेपाल सरकारले अटिजम विद्यालय स्थापना गर्ने नीति लिएको सन्दर्भमा महामहिम राजदूत पुहाक्काले अटिजम र ‘इन्क्लुसिभ एजुकेशन’मा फिनल्यान्डको विज्ञता रहेकाले आफूहरू पनि यी शैक्षिक कार्यक्रममा सहयोग तथा सहकार्य गर्न इच्छुक रहेको बताए ।

    राजदूत पुहाक्काले वर्तमान सरकारको प्राथमिकतामा रहेको ‘डिजिटल ट्रान्सफरमेसन’ को एजेण्डामा फिनल्यान्ड सरकारको विज्ञताको हिसाबले सो क्षेत्रमा पनि साझेदारी गर्ने इच्छा व्यक्त गरे ।

    Post Views: 39
    प्रकाशित मिति: २०८३ बैशाख १७, बिहीबार १८:४३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा राष्ट्रपतिलाई थप परामर्श लिन कानुनविद्को सुझाव
    राष्ट्रियसभा उपाध्यक्षसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता
    रूपान्तरणकारी बजेट आउने अर्थमन्त्री डा. वाग्लेको दाबी
    Advertisement
    ताजा अपडेट
    • १. संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा राष्ट्रपतिलाई थप परामर्श लिन कानुनविद्को सुझाव

    • २. राष्ट्रियसभा उपाध्यक्षसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता

    • ३. रूपान्तरणकारी बजेट आउने अर्थमन्त्री डा. वाग्लेको दाबी

    • ४. विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने प्रस्ताव

    • ५. रोल्पामा जिप दुर्घटना, १७ जनाको मृत्यु

    चर्चित
    • १. गगनलाई केदार कार्कीको प्रश्न : भृकुटी मण्डपमा हामी सबैले देखेको त्यो सर्वगुण सम्पन्न अद्भुत शक्ति खोइ सभापति ज्यू ?

    • २. एमाले संसदीय दलको प्रमुख सचेतकमा ऐन महर नियुक्त

    • ३. थापाथली क्षेत्रका ४० प्रतिशत घरटहरा हटाइयो

    • ४. संसद अधिवेशन स्थगित

    • ५. अधिवेशन रोकेर अध्यादेश ल्याउनु बहादुरी होईन–रास्वपा सांसद कार्की

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.