• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

काठमाडौं महानगरको नीति कार्यक्रम : सम्पदा संरक्षण र सेवामा जोड

  •  संवाददाता
  • २०८० आश्विन ११, बिहीबार १८:२१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम ल्याएको छ ।

    महानगरपालिका प्रमुखमा निर्वाचित भएपछि बालेन्द्र साहले ल्याएको तेस्रो नीति तथा कार्यक्रममा सार्वजनिक सेवा, सम्पदा संरक्षण र रोजगारी मा जोड दिइएको छ ।

    विश्वसम्पदा सूचीका सम्पदा मातहत ल्याउनेदेखि ‘नो भेहिकल जोन’सम्म

    काठमाडौं महानगरपालिकाले न्यूरोड, हाँडीगाउँसहित प्राचीन तथा पुरातात्विक क्षेत्रलाई ‘नो भेहिकल जोन’ बनाउने घोषणा गरेको छ ।

    विश्व सम्पदा सूचीमा रहेका बौद्धनाथ र स्वयम्भूनाथलाई काठमाडौं महानगरपालिकाअन्तर्गत ल्याएर सञ्चालन र व्यवस्थापन गर्न पहल गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

    सूचीकृत सम्पदा क्षेत्रहरूमा समेत सवारीसाधन निषेध गरिने उनले बताएका छन् । बृहत हाँडीगाउँ गुरुयोजना तयार गरी लिच्छविकालीन हाँडीगाउँको पुनर्विकास गरी विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गरिने उनले मेयर बालेन साहले बताए । यी भेगमा होमस्टेलाई महानगरपालिकाले प्रोत्साहन गर्ने भएको छ ।

    नीति तथा कार्यक्रममा काठमाडौंलाई ‘ओपन एण्ड लाइभ म्यूजियम’ र ‘क्रिएटिभ सिटी’का रूपमा विकास गरिने उल्लेख रहेको छ । ‘उपत्यकाभित्र रात्रिकालीन सार्वजनिक सवारी साधन सञ्चालन गर्न आवश्यक प्रबन्ध मिलाइनेछ ,’ नीति तथा कार्यक्रममा भनिएको छ ।

    महानगरपालिका क्षेत्रमा रहेका ऐतिहासिक, धार्मिक, पुरातात्विक, सांस्कृतिक, सामाजिक, महत्वका मठ, मन्दिरलगायतका स्थानहरूको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धन गर्दै डिजिटल अभिलेख, मौलिक नामाकरण र नक्साङ्कन गरिने उल्लेख छ । महानगरका पर्यटकीय स्थलहरूलाई समेटी थिम बेस्ड टुरिज्मलाई प्रवर्द्धन गरिने पनि कार्यक्रममा उल्लेख छ ।

    प्रमुख पर्यटकीय रुटमा पर्ने घरहरूको मोहडा लिच्छविकालीन तथा मल्लकालीन शैली झल्किने गरी निर्माण गर्न प्रोत्साहित गर्ने महानगरको नीति कार्यक्रममा रहेको छ ।

    घोषणा पत्रमा रहेको सम्पदाको विषय नीति कार्यक्रममा

    मेयर बालेन आफ्नो घोषणा पत्रमा उल्लेख गरेका तर कार्यान्वयन नभएका विषयहरु आगामी आवको नीति कार्यक्रममा उल्लेख भएको छ ।

    ‘अमूर्त सम्पदाहरू इन्द्रजात्रा, सेतो मछिन्द्रनाथ जात्रा, पचली भैरव जात्रा, पाँहाँचह्रे जात्रा, अन्य जात्रा तथा पर्व, स्थानीय परिकार, परम्परालाई संरक्षण र सम्वर्धन गर्दै सम्भावना भएका थप कला, संस्कृति र सम्पदाहरू युनेस्कोमा सूचीकृत गर्ने प्रक्रिया सुरु गरिनेछ,’ शुक्रबार आएको नीति तथा कार्यक्रममा भनिएको छ ।

    जुन विषय मेयर बालेनको घोषणा पत्रमा पनि उल्लेख थियो । यस्तै घोषणा पत्रमा भएर कार्यान्वयन नभएका ‘नेपाल भाषा, लिपी, साहित्य, कला, सिपको प्रवर्द्धन गर्न स्थान तोकेर हरेक दिन सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गरिने, चलचित्र, सङ्गित, कला, स्थानीय पेयपदार्थ, मौलिक र परम्परागत खानालाई ब्रान्डिङ गरिनेलगायत विषय नीति कार्यक्रममा आएका छन् ।’

    काठमाडौंलाई फिल्म सिटीको रुपमा पहिचान गराई चलचित्र छायाङ्कनको उपयुक्त गन्तव्यका रुपमा विकसित गरिने’ आगामी आवको नीति कार्यक्रममा आएको छ ।

    Post Views: 381
    प्रकाशित मिति: २०८० आश्विन ११, बिहीबार १८:२१
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए
    Advertisement
    ताजा अपडेट
    • १. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • २. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ३. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ४. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    • ५. चिलिमे हाइड्रोको सुरुङमा चार वटा शव फेला

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. बाढीको त्रासबिच आशाको उडान भर्ने क्याप्टेन प्रिया अधिकारी

    • ५. सर्वोच्च अदालतले आफूहरूलाई न्याय दिने पूर्वसभापति देउवाको विश्वास

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.