नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतविरुद्ध प्रहरीले माग गरेको पक्राउ पुर्जीबारे अदालतले अस्वीकार गरेको छ । काठमाडौं जिल्ला अदालतमा न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले आदेश जारी गर्दै थप प्रमाण पेश गर्न भनेको छ । बस्नेतबिरुद्ध शोभा पाठकले साइबर ब्यूरोमा निवेदन दर्ता गरेकी थिइन्।
सोही निवेदनका आधारमा प्रहरीले बस्नेतलाई पक्राउ गर्न पक्राउ पूर्जी माग गरेको थियो। यद्यपि अदालतले थप प्रमाण ल्याउन प्रहरीलाई आदेश गरेको हो । बस्नेतविरुद्ध थप प्रमाण पेश गर्न मंगलबार पौडेलको इजलासले आदेश दिएको हो।
पछिल्लो समय जेनजी आन्दोलनमा भएको अराजकताका विरुद्धमा चर्को आवाज उठाउँदै आएका बस्नेतलाई विगतमा टुंगो लागेको मुद्दा फेरि ब्यूताइएको थियो । तर सो मुद्दामा अदालतले पक्राउ पूजी जारी गर्न प्रमाण नपुगेको भन्दै अस्वीकार गरेको हो ।






