• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

भक्तपुर क्यान्सर अस्पतालद्धारा पेलियटिभ सेवा विस्तारको लागि कोषको घोषणा

  •  नेपाल चौतारी
  • २०८२ आश्विन ३०, बिहीबार ११:०४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    भक्तपुर क्यान्सर अस्पतालले विश्व होस्पिस तथा पेलियटिभ केयर दिवस–२०२५ को अवसर पारेर पेलियटिभ हेरचाह कोष बनाउने घोषणा गरेको छ । प्रतिज्ञा पूरा गरौं –सबैलाई पेलियटिभ हेरचाहको पहुँच सुनिश्चित गरौं भन्ने नारासहित एक विशेष कार्यक्रमका बीच अस्पतालका कार्यकारी निर्देशक डा उज्ज्वल चालिसेले सो घोषणा गरेका छन् ।

    भक्तपुर क्यान्सर अस्पताल पेलियटिभ हेरचाह कोषमा शुरुवाती चरणमा लायन्स क्लब अफ बागमती क्यान्सर केयरले रु एक लाख, डिके मेडिसेल्स प्रालिले रु पाँच लाख, इस्ट्वेस्ट कन्सर्न प्रालिले रु दुई लाख र उषा दीक्षितले व्यक्तिगत रूपमा रु एक लाख योगदान गरेका डा चालिसेले जनाएका छन् ।

    कोष वृद्धि गर्ने योजना सार्वजनिक गर्दै उनले कोषबाट पेलियटिभ सेवाको पहुँच र निःशुल्क सेवा विस्तार गरिने बताए । अस्पतालले विगत दुई वर्षदेखि होम भिजिट कार्यक्रम चलाएको जीवनको अन्तिम अवस्थामा रहेका क्यान्सर रोगीहरुलाई विशेषज्ञ चिकित्सकहरुले घरमै गएर सेवा प्रदान गरिरहेका उनले जानकारी दिए ।

    कार्यक्रममा विशेष अतिथि रहेकी मिस नेपाल–२०२५ लुना लुइटेलले पेलियटिभ केयरलाई उपचार मात्र नभई मानवीय मूल्य र करुणासँग जोडिएको सेवा भएको बताइन् । बिरामीलाई अन्तिम दिनसम्म सम्मान र सहजतापूर्वक बाँच्न सहयोग पुर्‍याउनु परिवार, समाज र राष्ट्रको कर्तव्य भएको उनको भनाइ छ । भक्तपुर क्यान्सर अस्पतालले भने पेलियटिभ सेवालाई एउटा वार्डमा सीमित नगरी आरामगृह बनाउने लक्ष लिएको बताइएको छ ।

    Post Views: 124
    प्रकाशित मिति: २०८२ आश्विन ३०, बिहीबार ११:०४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय
    चिलिमे हाइड्रोको सुरुङमा चार वटा शव फेला
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.