काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले भदौ २४ गतेको विध्वंसका क्रममा प्रदर्शनकारीहरूले लगेको ट्राफिक प्रहरीका सम्पुर्ण सामानहरू फिर्ता ल्याइदिन आग्रह गरिरहेको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाटै पनि ल्यापटप, गोप्रो क्यामेरा, ड्रोन, बडी वर्न क्यामेरा, मोबाइल, ब्रेथलाइजर, लिडार गन लगायतका सामानहरू लगेको ट्राफिक प्रहरीको अनुमान छ।
सोही क्रममा काठमाडौं उपत्यकाका विभिन्न ट्राफिक कार्यालयका अत्यावश्यक सामग्रीहरू कतिपय जलेका थिए भने कतिपय लुटिएका छन्। ती सामानहरू अहिलेसम्म भेटिएका छैनन्।
फिर्ता दिँदा कारबाहीमा पर्ने डरले नल्याएको हुनसक्ने उपत्यका ट्राफिक प्रहरी कार्यालयको एसपी नरेशराज सुवेदीले जानकारी दिए।






