भदौ २३ गतेको जेनजीहरूको प्रर्दशनका मुख्य अभियान्ता मिरज ढुंगानाले नयाँ राजनीतिक दल खोल्ने घोषणा गरेका छन् । ढुंगानाले भोलि (शनिबार) दिउँसो १ बजे काठमाडौंको एभरेष्ट होटलमा पत्रकार सम्मेलन आयोजना गरि नयाँ राजनीति दलको घोषणा गर्ने जानकारी गराएका छन् ।
प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री, विदेशमा भएका नेपालीले मत हाल्न पाउनुपर्ने अधिकार सुनिश्चित हुनुपर्ने लगायतका एजेन्डामा रहेर दल दर्ता गर्ने उनले बताएका छन् । सामाजिक सञ्जालमा भिडिओ पोस्ट गर्दै ढुंगानाले ‘गरिखान देउ’ अभियानमार्फत दल निर्माणमा होमिन लागेको बताए । जेनजी आन्दोलनले देशमा नयाँ अवसर लिएर आएको र राजनीतिक पार्टी खोल्नैपर्ने अवस्था उत्पन्न भएको उनको भनाइ छ ।
सामाजिक सञ्जालमार्फत एक भिडियो जारी गर्दै उनले पार्टी गठन वार्ता समिति गठन भएको जानकारी गराएका छन् । उनले भने – ‘देश गम्भीर अवस्थामा छ । देशले निकास खोजिसकेको छ । यस्तो अवस्थामा हामी दल खोल्नुपर्ने निष्कर्षमा पुगेका छौं ।’






