नेकपा एमालेका नेता महेश बस्नेतले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आफ्नो पतनको सुरुवात गरेको आरोप लगाएका छन्।
बस्नेतले मंगलबार सामाजिक सञ्जालमा स्टाटस लेखेर प्रधानमन्त्री सुशीला कार्कीलाई दुईपटक भेटेर बालेन शाहले सरकारमाथि कडा दबाब दिएको, ओली–लेखकलाई पक्राउ, दुर्गा प्रसाई नियन्त्रण र गृहमन्त्री अर्याललाई हटाउने माग राखेको भनिएको खबर सत्य भएमा बालेनको राजनीतिक छविमा ठूलो क्षति पुर्याउने चेतावनी दिए।
स्थानीय निकायको जिम्मेवारी बोकेको व्यक्तिबाट प्रधानमन्त्रीमाथि दबाब र धम्कीको राजनीति हुनु संविधानिक मर्यादामै प्रश्न उठाउने बताए । विदेशी डिजाइनको खेलमा मतियार बन्ने जोखिम बालेनले लिए भने उनी स्वयं ‘लुसिफर’ को भूमिकामा प्रवेश गर्ने गल्ती गरेर अन्ततः आफ्नै पतनको सुरुवात बन्न सक्ने संकेत गरे।






