नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिएका छन्। अखिल नेपाल फुटबल संघ एन्फा स्रोतका अनुसार म्याटले राजीनामा दिएका हुन् ।
राजीनामाको कारण भने सार्वजनिक भएको छैन । अस्ट्रेलियन नागरिक म्याद गत फागुनमा मात्र मुख्य प्रशिक्षक नियुक्त भएका थिए । नेपाल आएको एक वर्ष नहुँदै उनको राजीनामा आएको हो ।
उनको प्रशिक्षणमा सात अन्तर्राष्ट्रिय खेल खेल्दा एक जित, दुई बराबरी गरेको नेपालले चार हार बेहोरेको छ ।






