• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

देवि भट्टचनको आरोप पुष्टी हुने आधारमा नदेखिएको सरकारी वकिलको कार्यालयको निष्कर्षपछि हिरासतमुक्त

  •  नेपाल चौतारी
  • २०८२ कार्तिक २६, बुधबार १३:१४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचन हिरासतमुक्त भएका छन् । जिल्ला सरकारी वकिलको कार्यालयले भट्टचनलाई हिरासतमै राखेर अनुसन्धान गर्नुपर्नेसम्मको अवस्था नभएको भन्दै हिरासतमुक्त गर्न राय दिएपछि उनी छुटेका हुन् ।

    भट्टचनलाई हिरासतमा राख्न म्याद थप गर्नुअघि नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा लगेको थियो ।

    सरकारी वकिलको कार्यालयले प्रहरीले पटकपटक म्याद थप गरेर अनुसन्धान गर्दा पनि अभियोग पुष्टि हुने आधार ल्याउन नसकेको भन्दै ‘हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति माग्दै अदालतमा म्याद थपका लागि लैजान नपर्ने’ राय दिएको हो । सरकारी वकिलको कार्यालयको रायपछि प्रहरीले उनलाई हिरासतमुक्त गरेको हो ।

    प्रभु म्यानेजमेन्ट प्रालि र सहकारी संस्थाहरूसँगको कारोबारमा उनको कुनै संलग्नता नदेखिएको समेतका आधारमा हिरासतमा राख्नु नपर्ने निष्कर्षमा सरकारी वकिलको कार्यालय पुगेको हो ।

    प्रभु मनी ट्रान्सफरबाट प्रभु म्यानेजमेन्टलाई दिनुपर्ने सम्पूर्ण भुक्तानी गरिसकेको बैंक स्टेटमेन्टलगायतका कागजातसमेत पेस भएको देखिएका कारण पनि भट्टचनविरुद्ध थप प्रक्रिया अघि बढाउनु नपर्ने सरकारी वकिलको रायमा उल्लेख छ ।

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले भट्टचनलाई गत ११ कात्तिकमा नियन्त्रणमा लिएको थियो । राजधानी दैनिकबाट

    Post Views: 140
    प्रकाशित मिति: २०८२ कार्तिक २६, बुधबार १३:१४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय
    चिलिमे हाइड्रोको सुरुङमा चार वटा शव फेला
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.