• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

मेक्सिकोमा जेनजीको प्रदर्शनमा सडकमा निस्किए हजारौं युवा, झडपमा १०० प्रहरी घाइते

  •  नेपाल चौतारी
  • २०८२ कार्तिक ३०, आईतवार ०९:५० प्रकाशित
    • अ-
    • अ
    • अ+

    मेक्सिको सिटीमा सरकार विरोधी प्रदर्शनका क्रममा भएको झडपमा कम्तिमा सयजना प्रहरी अधिकारी घाइते भएको प्रहरीले जनाएको छ। मेक्सिकोको राजधानीमा शनिबार हजारौं प्रदर्शनकारीले हिंसात्मक अपराध र राष्ट्रपति क्लाउडिया शेनबाउमको सरकारको विरोधमा जुलुस निकालेका छन्। यो र्‍याली जेन जेड युवा समूहहरूद्वारा आयोजित गरिएको थियो ।

    प्रदर्शनकारीहरूले सेनबाउम बस्ने राष्ट्रिय दरबारको सुरक्षा गर्ने अवरोधका केही भाग भत्काइदिए। परिसरको सुरक्षामा खटिएका प्रहरीले भीडमाथि अश्रुग्यास प्रहार गरेको थियो ।

    युवाहरूले देशभरि बढ्दो हिंसा र अपराध नियन्त्रणका लागि सरकारले चासो नदिएको आरोप लगाएका छन्। नोभेम्बर १ मा मिचोआकान राज्यको उरूआपान नगरका मेयर कार्लोस म्यान्जोको सार्वजनिक कार्यक्रममै गोली हानी हत्या भएको थियो। यो घटनापछि सरकारले शान्ति सुरक्षा कायम गर्न नसकेको, हिंसा भड्काएको भनेर युवाहरू आक्रोशित भएको बीबीसीले जनाएको छ ।

    सामाजिक सञ्जालबाटै आह्वान भएको प्रदर्शनमा हजारौं युवाहरू सहभागी भएका हुन्। शनिबार प्रदर्शनकारीहरू राष्ट्रपति क्लाउडिया सेइनबाउमको निवासमा पस्न खोजेपछि माहोल तनावपूर्ण बनेका थिए। राष्ट्रपति भवनको वरपर लगाइएका बारहरू प्रदर्शनकारीले भत्काउन खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो।

     

     

    Post Views: 106
    प्रकाशित मिति: २०८२ कार्तिक ३०, आईतवार ०९:५०
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय
    चिलिमे हाइड्रोको सुरुङमा चार वटा शव फेला
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.