पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका नेता दिपक खड्काले खेलकुद केवल मनोरञ्जन मात्र नभई समाजलाई एकजुट बनाउने संस्कृति, सकारात्मक ऊर्जा प्रवाह गराउने माध्यम भएको बताएका छन् ।
आजबाट सुरु हुन लागेको दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको हार्दिक शुभकामना व्यक्त गर्दै खेलकुद युवाहरूलाई अनुशासन र प्रतिबद्धताको भावना दिलाउने शक्ति, र आर्थिक अवसर तथा सम्भावनाको ठूलो ढोका भएको बताए ।
उनले आफु समेत सहभागि सरकारको पहिलो पहिलो निर्णय ३०० दिनभित्र स्टेडियमको स्तरोन्नति गर्ने र फ्रन्टलाइट जडान गर्ने आज पूर्ण रूपमा कार्यान्वयन भएको देख्दा अत्यन्त खुशी लागेको बताएका छन् ।
उनले एनपीएलको यस संस्करणले नेपाली क्रिकेटलाई थप नयाँ उचाइमा पुर्याउँदै, खेलाडीहरूको प्रतिभा उजागरसंगै र दर्शक–समर्थकको उत्साहले अझ सुन्दर वातावरण बनाओस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।







