नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महामन्त्रीद्वय र क्रियाशील सदस्यता व्यवस्थापन समितिका सदस्यसहित पार्टीका ७७ जिल्लाका सभापतिहरूको बैठक डाकेका छन् ।
बुधबार बिहान ८ बजेका लागि डाकिएको भर्चुअल बैठकमा कांग्रेसले क्रियाशील सदस्यता नवीकरण यही मंसिर २५ गतेभित्र गरिसक्न भनेको छ । सोही विषयमा छलफल गर्न र कार्यप्रगतिको विवरण लिन पनि बैठक डाकिएको बताइएको छ ।
कांग्रेसले निर्वाचन क्षेत्रमा क्रियाशील सदस्यताको अनुपातमा शतप्रतिशत नयाँ क्रियाशील बाँड्ने छुट क्षेत्रहरूलाई दिएको छ । त्यसका लागि मंसिर २४ देखि २९ भित्र ८ लाख ७३ हजार नयाँ क्रियाशील बाँडेर पुस ३ भित्र केन्द्रमा पठाइसक्नुपर्नेछ ।






