नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षधरका युवाहरूले भेला गर्दै छन् । बिहान साढे ११ बजेदेखि काठमाडौं ब्याङ्क्वेटमा भेला राखिएको छ ।
पार्टीको १२औँ महाधिवेशको संघारमा महाधिवेशनमा नेता तथा प्रतिनिधिको सुरक्षाको रणनीतिबारे भेलामा छलफल र योजना बनाइने बताइएको छ ।
यसअघि केपी ओलीको उपस्थितिमा कार्की ब्यांक्वेटमा नेताको सुरक्षाका लागि नेशनल भोलेन्टियर फोर्स बनाइएको थियो ।






