अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज चौथोपटक मन्त्रीपरिषद् विस्तार गर्नेभएकी छन् । प्रधानमन्त्री कार्कीको सिफारीसमा राष्ट्रपति रामचन्द्र पौडेलले आज ४ जना मन्त्री नियुक्त गर्ने तयारी गरेको उच्च स्रोतले जनाएको छ ।
प्रधानमन्त्री कार्कीको सिफारीसमा कुमार इङनाम, माधव चौलागाई, राजेन्द्रसिंह भण्डारी र श्रद्धा श्रेष्ठ मन्त्रीमा नियुक्त हुने बुझिएको छ ।
नयाँ मन्त्रीहरुको आज दिउँसो ३ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा सपथग्रहण कार्यक्रमको तयारी भएको बताईएको छ । मौजुदा मन्त्रीपरिषदमा प्रधानमन्त्री कार्कीसहित १० जना सदस्य रहेका छन् ।
श्रद्धालाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, चौलागाईंलाई वन तथा वातावरण, भण्डारीलाई श्रम ,रोजगार तथा सामाजिक सुरक्षा र इङ्नाम भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिने तयारी छ ।






