जेनजी अभियान्ता रक्षा बम नेतृत्वको नेपाल जेनजी फ्रन्टले सल्लाहकार परिषद् गठन गरेको छ । परिषद्मा मिलन पाण्डे, डा. रामजी राम, साधना राई, डा. मीना पौडेल, रमेश पौड्याल, प्रमेश श्रेष्ठ, आशुतोष तिवारी, दिव्येश गिरि,सस्मित पोखरेल,सरोज गौतम, प्रगति राई, नवीन प्राचीन र अनन्त अर्याल गरी १३ जना छन् ।
फ्रन्टका यस्ता कार्यलाई अझ सुदृढ, सार्थक र प्रभावकारी बनाउनका लागि हामीले विभिन्न क्षेत्रमा रहेका अग्रगामी परिवर्तनकारी अग्रजहरूलाई समेटेर एक सल्लाहकार परिषद् गठन गर्ने निर्णय गरेको हो ।
फ्रन्टद्धारा जारी विज्ञप्तीमा जेन–जी विद्रोहपछिको यस सङ्क्रमणकालीन समयबाट लोकतान्त्रिक र शान्तिपूर्ण तरिकाले सफल अवतरण गराउने माध्यम भनेको नेपाल सरकार र जेन–जीका बीचमा भएको सम्झौताको पूर्ण कार्यान्वयन र आसन्न प्रतिनिधि सभाको चुनाव समयमा गराउने नै भएको उल्लेख छ ।






