अन्तरिम सरकारसंग असंतुष्ट बनेको मिराज ढुंगाना नेतृत्वको जेनजी समूहले सर्वपक्षीय सरकार गठनको माग गर्दै आजदेखि देखि देशव्यापी आन्दोलन थाल्दै छ ।
सो समुहले आइतबार आयोजित पत्रकार सम्मेलन गर्दै देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा गरेका हो । सो समुहले आज विहान ११ बजे काठमाडौँस्थित माइतीघर मण्डलामा उपस्थित हुन समेत आह्वान गरेको छ ।
आइतबारको पत्रकार सम्मेलनमा ढुङ्गानाले जेनजी आन्दोलनलाई धोका दिइएको भन्दै सर्वपक्षीय सरकार गठनको माग गरेका थिए । उनले सुशीला कार्की नेतृत्वको सरकार असफल भइसकेको दाबी समेत गरेका थिए ।






