सरकारसंग असंतुष्टी जनाउँदै सर्वपक्षिय सरकारको माग गर्दै माइतीघर मण्डलामा प्रर्दशन गर्न पुगेको मिराज ढुंगाना समुहको जेनजी अभियान्ता र प्रहरीबीच धकेलाधकेल भएको छ ।
प्रशासनसंग अनुमति नलिइ माइतीघर पुगेका जेनजी अभियान्ताहरुलाई प्रहरीले अघि बढ्न दिएको छैन । जेनजी अगुवा मिराज ढुंगानालगायतको टोलीले आजदेखि माइतीघरमा आन्दोलनको घोषणा गरेको थियो ।
तर प्रशासनले अनुमति दिएन । प्रशासनले अनुमति नदिएपछि अघि बढ्न खोजेका ढुंगानासहितका जेनजी अभियान्तालाई प्रहरीले रोकेको छ ।






