राजनीतिक दलहरूसँग संवाद गर्नका लागि सरकारद्वारा गठित राजनीतिक संवाद समितिले आज मुख्य दलहरूका कार्यालयहरूमै गएर छलफल गर्ने भएको छ।
सरकारले कानुनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल रहेको संवाद समिति बनाएको थियो।
समिति मंगलबार बिहान ११ बजे नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपा, १ बजे नेकपा एमालेको कार्यालय च्यासल र ३ बजे नेपाली कम्युनिस्ट पार्टीको कार्यालय पेरिस डाँडा जाने तय भएको छ ।
तीनै दलका कार्यालयहरू जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका थिए।






