• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

माघ ९ गतेदेखि छैटौं टाइगर कप भलिबल, ४ विदेशीसहित १४ टोली सहभागी हुने

  •  नेपाल चौतारी
  • २०८२ पुष ८, मंगलवार १२:५७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजना हुने छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिप आगामी माघ ९ देखि १७ गतेसम्म हुने भएको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा हुने च्याम्पियनसिपमा ४ विदेशी टोलीसहित १४ टोलीले सहभागिता जनाउने टाइगर ग्रुपले जानकारी दिएको छ । पुरुष र महिलातर्फ ७–७ टोलीले सहभागिता जनाउने टाइगर ग्रुपका अध्यक्ष नारायणप्रसाद शर्माले जानकारी दिए ।

    पुरुषतर्फ माल्दिभ्सको माल्दिभ्स भलिबल एशोसियसन र भारतको गुजरात भलिबल क्लब विदेशी टोलीको रुपमा रहनेछ ।स्वदेशीको टोलीको रुपमा नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बल एपिएफ, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश र पर्वत जिल्ला भलिबल संघ छन् । महिलातर्फ युनाईडेट प्यासन भलिबल क्लब, थाईल्याण्ड र थाइल्याण्ड क्वीन्स विदेशी टोलीको रुपमा सहभागी छन् ।

    तीन विभागीयसहित न्यू डायमण्ड युथ स्पोट्र्स र एभरेष्ट भलिबल क्लब महिलातर्फ सहभागी छन् । यसपटक गत वर्षको तुलनामा पुरस्कार राशीमा वृद्धि गरिएको छ । पुरुष र महिला दुवैतर्फ विजेता हुने टोलीले ६ लाख ६६ हजार ६६६ रुपैयाँ र उपविजेता हुने टोलीले ३ लाख ६६ हजार ६६६ रुपैयाँ पाउनेछन् । तेस्रो हुने टोलीलाई एक लाख ६६ हजार ६६६ रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

    सर्वोत्कृष्ट हुने खेलाडीले २६ हजार ६६६ र विधागततर्फ उत्कृष्ट हुने खेलाडीले ११ हजार ६६६ रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता आयोजना गर्दा करिब एक करोड ८० लाख खर्च लाग्ने अध्यक्ष शर्माले जानकारी दिए । खेल हेर्नका लागि पहिलोपटक सिजनल टिकटको व्यवस्था गरिएको छ । ३ हजार ५ सय रुपैयाँमा दर्शकले प्रतियोगिताका सबै खेल हेर्न पाउनेछन् ।

    Post Views: 148
    प्रकाशित मिति: २०८२ पुष ८, मंगलवार १२:५७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय
    चिलिमे हाइड्रोको सुरुङमा चार वटा शव फेला
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.