फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको चुनाव हुने नहुने संसय बढिरहेका बेलामा राष्ट्रपति रामचन्द्र पौडेलले आज तीनजना पूर्व प्रधानमन्त्रीसंग छलफल गर्दैछन् ।
तीनजना पूर्वप्रधानमन्त्रीलाई विघटित प्रतिनिधिसभाका ठूला तीन दलका अध्यक्षका हैसियतमा छलफलका लागि बोलाइएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।
दिउसो ३ वजे दिउसो ३ वजे राष्ट्रपति पौडेलले नेपाली कांग्रेसका सभापति, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाललाई छलफलका लागि बोलाएका छन् ।






